
फूलबारी(लमजुङ)– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानद्वारा श्रद्धाञ्जलीका साथमा समवेदना व्यक्त गरेको छ । प्रतिष्ठानको जिल्ला शाखाका संस्थापक अध्यक्ष हरिभक्त अधिकारीका दाजु श्रीभक्त अधिकारीको सातौं पुण्यतिथिका दिनमा यहाँ स्थित उहाँको निवासमा पुगेर प्रतिष्ठानको एक प्रतिनिधि मण्डलले सो कार्य साउन २ गते गरेको हो ।
‘जाति बा’का रुपमा चिनिनु हुने श्रीभक्त अधिकारीलाई श्रद्धाञ्जली अर्पण गर्न र प्रतिष्ठानको जिल्ला शाखाका संस्थापक अध्यक्ष हरिभक्त अधिकारीसहितका परिवारजनप्रति समवेदना व्यक्त गर्न प्रतिष्ठानको जिल्ला शाखाका अध्यक्ष तुलसिविकास अधिकारीको नेतृत्वमा सो टोली श्रीभक्तको निवासमा पुगेको थियो । स्व. अधिकारी, संस्थापक अध्यक्ष हरिभक्तका जेठा दाजु हुनुहुन्थ्यो । त्यसैले, उहाँ नै क्रियापु्त्रीका रुपमा रहनु भएको छ ।
प्रतिष्ठानद्वारा स्व. श्रीभक्त अधिकारीकी सहधर्मिणी कल्पना अधिकारी, छोरीहरू शोभा, लता, ममता र सुप्रिया, छोरा सुमन, बुहारी निर्मला र नातिनी स्मृति अधिकारीका नाउँमा सम्बोधन गरिएको समवेदना पत्र जिल्ला अध्यक्ष तुलसीविलास अधिकारी, प्रतिष्ठानका केन्द्रीय सदस्य नवराज पहाडी सहितले स्व. अधिकारीकी जेठी छोरी शोभालाई हस्तान्तरण गर्नु भएको थियो ।
त्यस अघि प्रतिष्ठानका जिल्ला सचिव गोविन्दप्रसाद अधिकारीले स्व. अधिकारीको व्यक्तित्वका बारेमा प्रकाश पार्नु भएको थियो । सो क्षणमा स्व. आत्माको चिरशान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो ।
सो प्रतिनिधि मण्डलमा प्रतिष्ठानका केन्द्रीय सदस्य नवराज पहाडी, के.परिषद सदस्य मुक्तिनाथ अधिकारी, केन्द्रीय सल्लाहकार एवम् पूर्व जिल्लाध्यक्ष विश्वप्रसाद अधिकारी, सहसचिव पार्वतादेवी अधिकारी, प्रतिष्ठानको जिल्ला शाखाका कार्यकारी सदस्यहरू त्रय कमल अधिकारी, शिवकुमारी अधिकारी र प्रमोद अधिकारी, के. प्रतिनिधि प्रकाशचन्द्र अधिकारी, आजीवन सदस्य एवम् पूर्ववडाध्यक्ष कृष्णकान्त अधिकारी, शुभचिन्तक बन्धुहरू रामकृष्ण अधिकारी, सूर्यकान्त अधिकारी, प्रदिपकान्त अधिकारी, रामशरण अधिकारी लगायत सहभागी हुनुहुन्थ्यो ।
प्रकाशित मिति २०८० श्रावण ३, बुधबार १२:१८ गते