एघारौं महाधिवेशनमा १० लाख पार्टी सदस्य पुर्याउने एमालेको संकल्प

एघारौं महाधिवेशनमा १० लाख पार्टी सदस्य पुर्याउने एमालेको संकल्प

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन ५ गते शुक्रबार ०६:११

‘नेपाली कांग्रेसले लाइभ गरेर केन्द्रीय कमिटी बैठक सुरु गरेको छ । यो कम्युनिस्टहरूलाई चुनौती हो, कम्युनिस्टहरू हो त्यो बाटोमा हिँड, सक्छौ कि सक्दैनौं ?’ गौतमले प्रतिप्रश्न गर्नु भयो । उहाँले त्यसअघि भन्नुभयो, ‘भ्रष्टाचार गर्नका निम्ति, व्यभिचार गर्नका निम्ति र दूराचार गर्नका निम्तिबाहेक गोप्य रुपमा निर्णय गर्नुर्ने कुनै विषय छैन ।’

केन्द्रीय समिति बैठक लाइभ गरेर कांग्रेसले कम्युनिस्टहरूलाई चुनौती दिएको नेता बामदेव गौतमको ठहर

काठमाडौं– नेकपा (एमाले)ले एघारौं महाधिवेशनमा १० लाख पार्टी सदस्य पु¥याउने एमालेको संकल्प गर्दै महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यहरूको सदस्यता नवीकरण गर्दा बढेको देखिने गरेको बताएको छ । पार्टी संगठन विभागद्वारा जारी विज्ञप्तिमा महाधिवेशनमा निस्क्रिय सदस्यहरूले पनि नवीकरण गर्न पाउने हुँदा सदस्यता बढ्ने गरेको साउन ४ गते बताएको हो ।
विभाग प्रमुख काशिनाथ अधिकारीले हस्ताक्षर गरी जारी विज्ञप्तिमा भनिएको छ, ‘नेतृत्वका आकांक्षीहरूबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यहरूको शुल्क तिरिने, दबाब दिएर कमिटीमा निर्णय गराइने जस्ता अनियमित कामहरूका कारण अनुचित ढङ्गले पनि संख्या बढ्न पुग्थ्यो, ‘नेकपा (एमाले) को इतिहासमा यसपटक त्यसमा क्रमभङ्ग गरिएको छ । महाधिवेशनको आयोजना नभएको समयमा सक्रिय सदस्यहरूको यथार्थ संख्या लिन खोजिएको छ । योग्यतम् सदस्यहरूको मात्र नवीकरण गर्ने काम भएको छ ।’
दसौं महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउन खोज्दा सदस्य संख्या घटेको देखिएको एमालेको दाबी छ । अब एघारौं महाधिवेशनमा १० लाख पार्टी सदस्य पु¥याउने एमालेले संकल्प लिएको छ ।
‘त्यतिबेला कायम भएका सदस्यहरूमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यहरूको नाम यथावत् कायम थियो भने अर्कोतिर नेकपा कालमा अनुचित ढङ्गले दिइएका सदस्यहरूको ठूलो संख्या पनि त्यसमा पर्न गएको थियो । तसर्थ, त्यो नेकपा (एमाले)को वास्तविक सदस्य संख्या थिएन । यो तथ्य २०७१ जेठमा सम्पन्न नवौं महाधिवेशनको आँकडा हेर्दा पनि स्पष्ट हुन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
नवौं महाधिवेशनमा २ लाख ५६ हजार ७७२ जना मात्रै पार्टी सदस्य रहेको एमालेले बताएको छ । यसकारण नेकपा (एमाले)का सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता नरहेको एमालेले दावी छ ।
‘सच्चा पार्टी सदस्यहरूको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य संख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् । पार्टीको मिसन एकाउन्न प्रतिशतका सन्दर्भमा प्रत्येक वडामा मतदाता संख्याको कम्तिमा तीन प्रतिशत सदस्य पु¥याउने र पार्टीको एघारौं महाधिवेशनसम्ममा दस लाख गुणस्तरीय सदस्य पु¥याउने लक्ष्यका प्रति पार्टी संकल्पका साथ लागिरहने छ,’ विज्ञप्तिमा बताइएको छ ।
बैठक लाइभ गरेर कांग्रेसले कम्युनिस्टहरूलाई चुनौती दियो : बामदेव गौतम
यसैबीच, राष्ट्रियसभा सदस्य बामदेव गौतमले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गरेर नेपाली कांग्रेसले धेरै राम्रो काम गरेको बताउनु भएको छ । राष्ट्रियसभा बैठकमा आफ्ना धारणा राख्दै उहाँले कांग्रेसलेजस्तै केन्द्रीय समिति बैठक लाइभ गर्न कम्युनिस्ट पार्टीहरूलाई आजै चुनौती दिनु भएको हो ।
‘नेपाली कांग्रेसले लाइभ गरेर केन्द्रीय कमिटी बैठक सुरु गरेको छ । यो कम्युनिस्टहरूलाई चुनौती हो, कम्युनिस्टहरू हो त्यो बाटोमा हिँड, सक्छौ कि सक्दैनौं ?’ गौतमले प्रतिप्रश्न गर्नु भयो ।
उहाँले त्यसअघि भन्नुभयो, ‘भ्रष्टाचार गर्नका निम्ति, व्यभिचार गर्नका निम्ति र दूराचार गर्नका निम्तिबाहेक गोप्य रुपमा निर्णय गर्नुर्ने कुनै विषय छैन ।’
कांग्रेसले केन्द्रीय समिति बैठक खुला गरेर राम्रो काम गरेको भन्दै उहाँले काँग्रेसलाई बधाई दिदै भन्नुभयो, ‘नेपाली कांग्रेसलाई मेरो बधाई छ, त्यही बाटोमा कम्युनिस्टहरू पनि हिँड्नुपर्छ’ नेता गौतमको आग्रह छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भइसकेपछि अब यही बाटोबाट समृद्धि प्राप्त हुने दावी गर्दै उहाँले भन्नुभयो, ‘चाहे चीनको समृद्धि, चाहे अमेरिकाको समृद्धि, चाहे युरोपको समृद्धि यही बाटोबाट प्राप्त गर्न सक्छौं ।’
काँग्रेसको केन्द्रीय समिति बैठक साउन २ गते सुरु भएको हो । नेपाली कांग्रेसले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण गर्दै आएको छ ।

प्रकाशित मिति २०८० श्रावण ५, शुक्रबार ०६:११ गते
हजुरको प्रतिक्रिया