नेपालकी कान्छी सांसद सोवितालाई योङ वर्ल्ड पोल्टिसियन अफ द वर्ल्ड अवार्ड

नेपालकी कान्छी सांसद सोवितालाई योङ वर्ल्ड पोल्टिसियन अफ द वर्ल्ड अवार्ड

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन ६ गते शनिवार ०८:३७

आयोजक संस्थाले युवा, सशक्तिकरण र विकासका बारेमा काम गरिआएको छ ।
सोवितालाई सो अवार्ड २ देखि ५ सम्म अक्टोबरमा बेलायतमा आयोजना हुने एक विशाल समारोहमा सो अवार्ड वितरण गर्ने आयोजकले बताएको छ ।

सोविता राष्ट्रिय स्वतन्त्र पार्टीकी संस्थापक सदस्यमध्ये एक हुनुहुन्छ

काठमाडौं– नेपालकी कान्छी सांसद सोविता गौतम योङ वर्ल्ड पोल्टिसियन अफ द वर्ल्ड अवार्ड– २०२३ बाट विभुषित हुने हुनुभएको छ । योङ वल्र्ड पोल्टिसियनले सो अवार्ड दिने बारेका विज्ञप्तिमार्फत साउन ६ गते सार्वजनिक गरेको हो ।
इन्टरनेशनल द वन योङ वल्र्ड पोलिटिसियन आफ द यर– २०२३ बाट विभूषित हुने पाँच युवा राजनीतिज्ञमा क्यानेडा, अस्टे«लिया, न्यूजिल्याण्ड र बेल्जियमका साथमा सोविताले पाउने हुनु भएको हो । त्यसका लागि विभिन्न देशका सांसद तथा मेयर गरी १५ जना सट लिष्टको पहिलो चरणमा छनौटमा परेका थिए ।
सो अवार्ड १८ वर्षदेखि ३५ वर्षसम्मका युवा राजनीतिज्ञलाई बेलायती आयोजक संस्थाले हरेक वर्ष विशेष कार्यक्रमका साथ प्रदान गर्ने गर्दछ ।
सोवितालार्ई विजुली नपुगेको ठाउँमा जन्मिएकी, राम्रो स्रोत साधन नभएको सरकारी स्कूलमा पढेकी, सामाजिक सञ्जालमा भाषणा सार्वजनिक भएपछि राजनीतिमा उत्रिएको रुपमा आयोजकको टिप्पणी छ । सोवितालाई चिनाउने क्रममा उहाँलाई नेपालको कान्छो सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको समेत संस्थापक समेत भनिएको छ ।
आयोजक संस्थाले युवा, सशक्तिकरण र विकासका बारेमा काम गरिआएको छ ।
सोवितालाई सो अवार्ड २ देखि ५ सम्म अक्टोबरमा बेलायतमा आयोजना हुने एक विशाल समारोहमा सो अवार्ड वितरण गर्ने आयोजकले बताएको छ ।

प्रकाशित मिति २०८० श्रावण ६, शनिबार २०:३७ गते
हजुरको प्रतिक्रिया