विविध कार्यक्रमका साथ सर्वोदय सेवाश्रमको २१ औं बार्षिकोत्सव मनाइयो

विविध कार्यक्रमका साथ सर्वोदय सेवाश्रमको २१ औं बार्षिकोत्सव मनाइयो

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन ९ गते मङ्गलबार ०४:१०

सो अवसरमा विभिन्न कोणबाट आश्रमको स्थायित्वमा योगदार्नु हुने समाजका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

सर्वाेदय सेवाश्रममा योग तथा प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी

पाउँदी(लमजुङ)– लमजुङको सर्वाेदय सेवाश्रममा योग तथा प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी गरिएको छ । २१ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उक्त जानकारी साउन ८ गते दिएको हो ।लमजुङको राइनास नगरपालिका– ८ हर्राबोटको मस्र्याङ्दी नदी किनारमा स्थित धर्मनाथ धाममा रहेको सर्वोदय ज्येष्ठ नागरिक आश्रमको बार्षिकोत्सव डा. हरिप्रसाद पोखरेल (मानसाग्नी)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उहाँले सर्बोदय अर्थात सबै उदय गर्ने जीव, जीवन र जगतको कल्याणको लागि काम गर्ने संस्था हो भन्दै सर्बोदयको कालजयी अभियान समाज रुपान्तरणको अभियान भएको बताउनु भयो । उहाँले सर्वाेदय सेवाश्रममा योग तथा प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको जानकारी दिनुभयो ।
सो अवसरमा सर्वोदयका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले संस्थाको स्थापनाकालीन इतिहासदेखि वर्तमानसम्म र खास गरी गत आवमा सम्पन्न गरिएका बार्षिक गतिबिधिका बारेमा प्रकाश पार्नु हुँदै भावि अल्प र दीर्घकालीन योजनाहरूका बारेमा समेत जानकारी दिनुभएको थियो । उहाँले धर्मनाथ धाम विश्वमै पहिलो भएको उदाहरण सहित प्रष्ट्याउनु भएको थियो । संस्थागत पहिचानको जानकारी दिने क्रममा ओेलियाले गत आ.व.मा २६ लाख रुपैयाँ अक्षयकोष जम्मा भएको र यो बर्ष ९ लाख थपेर पैंतीस लाख पर्याएको जानकारी दिनुभयो । 
यसैगरी, कार्यक्रममा आश्रमका लेखा अधिकृत विजय मिश्रले संस्थाको बार्षिक आर्थिक गतिबिधि प्रस्तुत गर्दै ३४ लाख १९ हजार ५८५ रुपैयाँ आम्दानी र १६ लाख ६८ हजार १०६ आश्रम व्यवस्थापन तर्फ र धर्मनाथ धामतर्फको खर्च आठ लाख ५२ हजार १३३ रुपैयाँ समेत कुल २५ लाख २० हजार २३९ रुपैयाँ खर्च भएको बताउनु भयो । साथै भुक्तानी गर्न बाँकी रकम एक लाख ९० हजार ९१९ रुपैयाँ रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा राइनास नगरपालिका शिक्षा शाखा प्रमुख पूर्णबहादुर अक्षामी, राइनास नगरपालिका– ८ का वडा अध्यक्ष कृष्णबहादुर रानाभाट, पूर्वशिक्षक तथा पतञ्जली योग समितिका जिल्ला अध्यक्ष अङ्गराज घिमिरे, समाजसेवीहरू गोविन्दराज न्यौपाने, लवराज ढकाल, संस्थापक सदस्य गोविन्दमान श्रेष्ठ र आश्रमका व्यवस्थापक लक्ष्मीप्रसाद मिश्रले लमजुङको सामाजिक अभियानमा सर्वोदयले खेलेको भूमिका बारेमा प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सो अवसरमा विभिन्न कोणबाट आश्रमको स्थायित्वमा योगदार्नु हुने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । उक्त आश्रमलाई आफ्नो बैबाहिक बर्षगाँठमा आजीवन बार्षिक १० हजार प्रदान गर्ने सुन्दरबजारका सुरेन्द्रलाल श्रेष्ठ दम्पती, आफ्नो जन्मदिनको पावन अवसरमा आजीवन रुपमा प्रतिबर्ष ५ हजार प्रदान गर्ने संकल्पन गर्नु हुने बेसीशहर– ७ निवासी रामप्रसाद वाग्ले, सुुन्दरबजार– ६ का बिष्णुकुमार श्रेष्ठ दम्पतीलाई सामाजिक सेवा सम्मानबाट विभूषित गरिएको हो ।
त्यसरी सम्मानित हुनुहुने अन्यमा सर्बोदय सेवाश्रम धर्मनाथ धामको हातामा निःशुल्क गुरुयोजना निर्माण गरिदिने बेसीशहर– २ निवासी बरिष्ठ इन्जिनियर किशोर थापा र आफूलाई प्राप्त हुने आफ्नो जग्गाको पराल र मकै नियमित गौशालामा प्रदान गर्ने राइनास– ८ निवासी अम्विका ओलिया, आफ्ना स्वर्गीय पिता माताको स्मृतिमा आजीवन हरेक बर्ष २ दिन आश्रममा भोजन सेवा प्रदान गर्नु हुने, बेसीशहर चिती निवासी इन्दिरा तिवारी र स्वयंसेवक भएर पूणर्कालीन आश्रममा सेवा गर्ने सुन्दरबजार निवासी लक्ष्मीप्रसाद मिश्रसमेत हुनुभएको सर्बोदय जेष्ठ नागरिक आश्रमका अध्यक्ष सुकदेव रिसालले जानकारी दिनु भयो ।
सर्बोदय जेष्ठ नागरिक आश्रमका अध्यक्ष सुकदेव रिसालको अध्यक्षतामा भएको कार्यक्रममा हिमालय समर्पण ध्यान योग नेपालका तुलसीराम रेग्मी र बलबहादुर विकले तनाव व्यवस्थापनको प्रशिक्षण दिनु भएको थियो ।
२०५९ साल श्रावण ८ गते स्थापना भएको सर्बोदय सेवाश्रमले २०६८ कार्तिकदेखि राइनास– ८ को पाउँदी– मस्र्याङ्दी नदी संगममा उक्त सर्वोदय (जेष्ठ नागरिक) सेवाश्रम सञ्चालन गर्दै आएको छ । आश्रममा यतिबेला १५ जना जेष्ठ नागरिकहरूले रहनु भएको छ ।

प्रकाशित मिति २०८० श्रावण ९, मंगलवार १६:१० गते
हजुरको प्रतिक्रिया