एक महिनादेखि ‘बेपत्ता’ चिनियाँ विदेशमन्त्री काङ पदबाट हटाइए

एक महिनादेखि ‘बेपत्ता’ चिनियाँ विदेशमन्त्री काङ पदबाट हटाइए

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन ९ गते मङ्गलबार ०७:२७

गत जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि काङ सार्वजनिक रूपमा देखिएका थिएनन् ।
जुलाई पहिलो साता काङले युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो । तर अन्तिम समयमा बेइजिङले उक्त भेटघाट निर्धारित समयमा सम्भव नभएको सन्देश पठायो र बोरेलको बेइजिङ भ्रमण रद्द भएको थियो ।

सो पदमा फेरि निवर्तमान विदेशमन्त्री वाङ नियुक्त

काठमाडौं– पछिल्लो झण्डै एक महिनादेखि सार्वजनिकरूपमा नदेखिएका चिनियाँ विदेशमन्त्री छिन काङलाई पदबाट हटाइएको छ । सन् २०२२ को डिसेम्बरमा विदेशमन्त्री नियुक्त भएका उनी सात महिनाभन्दा कम समयमै बरखास्त भएको साउन ९ गते बताइएको हो ।
काङभन्दा पहिले विदेशमन्त्री रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का विदेश मामिला प्रमुख वाङ यीले नै फेरि पदभार सम्हाल्ने भएका छन् । उनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले परराष्ट्र मन्त्री छिन काङलाई बर्खास्त गरेका हुन् । चिनियाँ सरकारी टेलिभिजन नेटवर्क सीसीटीभीलाई उद्धृत गर्दै हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार सम्पर्कमा नरहेका विदेशमन्त्री छिनलाई सरकारले बर्खास्त गरेको हो ।
काङ सार्वजनिक स्थानमा नदेखिनु र यसबारे चिनियाँ विदेशमन्त्रालयको मौनताका कारण विश्वभरबाट विभिन्न टिकाटिप्पणी भइरहेको छ । काङ अन्तिमपटक उनी गत जुन २५ मा सम्पर्कमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।
चिनियाँ सरकारी प्रसारक सीसीटीभीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले वाङ यी नयाँ विदेशमन्त्री बनेको उल्लेख गरेको हो ।
एक महिनादेखि सार्वजनिक रूपमा नदेखिएका परराष्ट्र मन्त्री काङलाई आजबाट बर्खास्त गरिएको ग्लोबल टाइम्सले जनाएको छ । काङलाई बर्खास्त गरेर उनको ठाउँमा वाङ यीलाई पुनः नियुक्त गरिएको हो ।
गत जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि काङ सार्वजनिक रूपमा देखिएका थिएनन् ।
जुलाई पहिलो साता काङले युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो । तर अन्तिम समयमा बेइजिङले उक्त भेटघाट निर्धारित समयमा सम्भव नभएको सन्देश पठायो र बोरेलको बेइजिङ भ्रमण रद्द भएको थियो ।
काङ लामो समयसम्म सार्वजनिक रूपमा नदेखिएपछि स्वास्थ्यबाहेक अरू कारणबारे पनि चर्चा हुन थालेको छ । चीनबाहिर रहेका विश्लषेकहरूले एक जना टेलिभिजन प्रस्तोतासँग काङको सम्बन्ध पनि यो घटनाको कारण हुन सक्ने बताएको यसअघि न्युयोर्क टाइम्सले उल्लेख गरेको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना नेताहरू लामो समयसम्म सार्वजनिक रूपमा नदेखिँदा पनि त्यसबारे यथार्थ विवरणहरू बिरलै सार्वजनिक गर्ने गर्दछ ।
सीसँगको निकटताका कारण काङ निकै छिटो समयमै विदेश मन्त्रालयको जिम्मेवारीमा आइपुगेको बताउनेको संख्या चीनमा कम छैन । गत अक्टोबरको राष्ट्रिय सम्मेलनले काङलाई चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनाएको थियो ।
२०१७ मा उनी चिनियाँ विदेश मन्त्रालयको प्रोटोकल विभागका महानिर्देशक भएका थिए भने २०१८ देखि २०२१ मा उनले उपविदेश मन्त्रीको जिम्मेवारी पाएका थिए ।
राष्ट्रपति सीका विदेश भम्रणको सबै चाँजोपाँजो मिलाउनमा उनको प्रमुख भूमिका हुन्थ्यो । यो बीचमा उनी सीका विश्वासपात्र बनेका थिए ।

प्रकाशित मिति २०८० श्रावण ९, मंगलवार १९:२७ गते
हजुरको प्रतिक्रिया