ज्योति विकास बैंकद्वारा १५औं स्थापना दिवसमा अपाङ्गहरूलाई सहायता सामग्री वितरण

ज्योति विकास बैंकद्वारा १५औं स्थापना दिवसमा अपाङ्गहरूलाई सहायता सामग्री वितरण

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन १० गते बुधबार ०९:१४


५० हजार एक सय रुपैयाँ बारबरका सहायता सामग्रीह कुर्चि, ट्याएलेट चेयर, सेतो छडी, कम्मर पेटी, बैशाखी लगायतका सामग्री सम्बन्धित व्यक्तिहरूलाई हस्तान्तरण गरिएको थियो ।

बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको सो बैंकको बेसीशहर शाखाका प्रमुख किरण निधि तिवारीको दावी

बेसीशहर– लमजुङमा ज्योति विकास बैंकद्वारा १५औं स्थापना दिवसका अवसरमा जिल्ला सदरमुकाम स्थित बेसीशहर शाखाद्वारा अपाङ्गहरूलाई सहायता सामग्री वितरण गरेको छ । आफ्नै शाखा कार्यालयमा एक विशेष कार्यक्रमका साथ ती सामग्री साउन ९ गते वितरण गरेको हो ।
जिल्लामा अपाङ्गताका क्षेत्रमा विगत १७ वर्षदेखि काम गर्दै आएको अपाङ्ग संरक्षण समाजसँगको साझेदारीमा बैंकले सो कार्य गरेको हो । उक्त अवसरमा ५० हजार एक सय रुपैयाँ बारबरका सहायता सामग्रीह कुर्चि, ट्याएलेट चेयर, सेतो छडी, कम्मर पेटी, बैशाखी लगायतका सामग्री सम्बन्धित व्यक्तिहरूलाई हस्तान्तरण गरिएको थियो । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा सिलवाल, पत्रकार महासंघको लमजुङ शाखाका संस्थापक अध्यक्ष नवराज पहाडी, अपाङ्ग महांघका निवर्तमान केन्द्रीय सदस्य एवम् अपाङ्ग अभियन्ता चन्द्रकान्त पौडेलले संयुक्त रुपमा ती सामग्री वितरण गर्नु भएको हो ।
ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्र्तगत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको सो बैंकको बेसीशहर शाखाका प्रमुख किरण निधि तिवारीले बताउनु भयो ।
उहाँका अनुसार राष्ट्र बैंकले बैंकहरूलाई मुनाफाको कम्तिमा एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व प्रयोजनार्थ छु्ट्याउन निर्देशन दिएको छ । उहाँले भन्नुभयो ‘हाम्रो बैंकले १.५ प्रतिशत भन्दा बढी रकम सो प्रयोजनका लागि खर्चिन गरिआएको छ ।’
प्रचलित कानुनको पूर्णरुपमा परिपालना गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको उनले बताए । ज्योति विकास बैंकले हाल मुलुकभर १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा ब्त्ः मार्फत सेवा उपलब्ध गराउदै आइरहेको छ ।

प्रकाशित मिति २०८० श्रावण १०, बुधबार ०९:१४ गते
हजुरको प्रतिक्रिया