भोटेओडार(लमजुङ)– लमजुङका एक मृगौला पीडित युवालाई उपचारका लागि स्थानीय युवा व्यवसायी, समाजसेवी मनहरूले अभियान सञ्चालन गरी आर्थिक सहयोग गरेका छन् । सुन्दरबजार नगरपालिका– ९ भोटेओडार फेदिकुना निवासी मृगौला पीडित १९ वर्षीय सोनाम गुरुङलाई आर्थिक सहयोग साउन ९ गते गरिएको हो ।
आर्थिक अवस्था अत्यन्ते नाजुक भएका गुरुङको उपचारका लागि स्थानीय युवा व्यवसायी, समाजसेवी मनहरूले ‘हाम्रो भोटेओडार राम्रो भोटेओठडार अभियान’ मार्फत ‘सोनाम गुरुङ बचाउ अभियान’ सञ्चालन गरेका छन् । अभियान अन्तरगत संकलन भएको सहयोग रकम एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरिएको हो । इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी नीरिक्षक राजनप्रसाद तीमील्सीनाले जिल्लाका पत्रकारहरूको रोहबरमा हस्तान्तरण गर्नु भएको हो ।
बन्दीपुरमा स्थायी घर भएका गुरुङको परिवार १५ वर्ष अघिदेखि भोटेओडार क्षेत्रमा डेरामा बस्दै आएको छ । पीडितका बाबु सुमन गुरुङ (बन्दिपूरे माइला) गाडी चालक हुनुहुन्छ । उहाँ एक जनाको कमाईले परिवार पाल्न र छोराछोरी पढाउन मुस्किल भइरहेको बेलामा छोराको मृगौला फेल भएका कारण त्यो परिवार चिन्तामा डुबेको छ ।
त्यसैले परिवारकोतर्फबाट उपचारका लागि आर्थिक सहयोगका लागि अपिल गरिएको थियो । सो अपिललार्य आत्मसाथ गर्दै भोटेओडार निवासी युवा व्यवसायी तथा समाजसेवी व्यक्तित्व, निपेन्द्र श्रेष्ठको संयोजकत्वमा यमबहादुर घलेसहितका युवाहरूको सक्रियतामा सहयोग रकम संकलन अभियान सञ्चालन गरिएको हो ।
उक्त अभियान मार्फत संकलन भएको सहयोग रकम एक लाख २० हजार पाँच सय ४० रुपैयाँ नगद पीडत सोनाम गुरुङलाई हस्तान्तरण गरिएको हो । सोही अभियान अन्तर्गत देशविदेशबाट संकलन भएको तीन लाख ८९ हजार १४७ रुपैयाँ पीडित गुरुङको वुवा सुमन गुरुङ (बन्दिपूरे माइला) को खातामा जम्मा भएको सहयोग संकलन अभियानका संयोजक निपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सहयोग रकम संकलन हुने क्रम जारी छ ।
कक्षा १२ मा अध्ययनरत गुरुङको दुवै मृगौला फेल भएपछि शुरुमा शिक्षण अस्पताल काठमाडौमा डायलासिस गरिएको र हाल लमजुङ अस्पतालमा हप्ताको दुई दिन डायलासिस गर्दै आएको पीडित गुरुङकी आमा विष्णु गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार छोराको उपचारको लागि हालसम्म ४ लाख रुपैयाँ खर्च भइसकेको छ ।
छोराको मृगौला प्रत्यारोपणका लागि डाक्टरले १० लाख रुपैयाँ खर्च लाग्ने डाक्टरले भनेकाले छोराको उपचारको लागि सहयोगको अपिल गरिएको वुवा सुमन गुरुङले बताउनुभयो । विगत एकवर्ष देखि उपचाररत गुरुङको उपचारका लागि भोटेओडार घर भएका स्वदेश तथा विदेशमा रहनुभएका व्यक्तिहरुले सहयोग गरिरहनुभएको सहयोग संकलन अभियानका अभियान्ता यमबहादुर घलेले जानकारी दिनुभयो ।
कलिलै उमेरमा दुवै मृगौला फेल भएर उपचाररत रहेका सोनाम गुरुङले आफूलाई बचाइदिन सहयोगको याचना गरेका छन् । उनले आँफूलाई बाच्ने चाहना भएको हुँदा उपचारमा सघाई दिन मनकारी मनहरू सवैमा पीडित गुरुङले अनुरोध गरेका छन् ।
पीडित गुरुङका एकएक जना भाइ र बैनी छन् ।
प्रकाशित मिति २०८० श्रावण १०, बुधबार १३:५८ गते