कला– मनै छुने शब्दहरू र स्वरले भरिपूर्ण गीत ‘सुसेली’(सुसेलीले बोलाउँ भने)को भिडियो सार्वजनिक भएको छ । सो गीतमा वरिष्ठ साहित्यकार तथा मुक्तक मणि तीर्थराज अधिकारीका शब्दहरूका साथमा लोकप्रिय गायक प्रवीण बेडवालको आवाज(स्वर) रहेको छ ।
सुगम संगीतका नाम चलेका संगीतकार राजेश थापाको संगीत रहेको यो गीतमा सुपरिचित कलाकार कमल सिंह र स्मारिका ढकालले दर्शकको मनलाईनै तरङ्गित गराउने अभिनय रहेकोछ । ख्याति प्राप्त, अनुभवी र सिद्धहस्त एरेन्जर फणिन्द्र राईको कला र प्रवीण बेडवालको गलालाई किशोर थापा, कविता तोलाङ्गी, मुकेश हुमागाईँ र बिनोद बमको साथ रहेको छ ।
ए वान म्युजिसियनको साउण्ड कमाण्डमा साङ्ग्रिला क्रिएशनको यो उत्पादन पूजा ठकुरीको निर्देशनले उच्चता हाँसिल गर्न सफलतातर्फ उन्मुख छ ।
साउन महिनाको वर्षासँगै सार्वजनिक भएको यो गीतले संगीत उद्योग र जिज्ञासु श्रोता समूहमा महत्वपूर्ण प्रभाव छोड्ने विश्वास गरिएको छ । प्रशस्त अनुभवको निचोड यस गीतले निकै व्यापक प्रशंसा र लोकप्रियता हाँसिल गर्ने आंकलन छ । यस गीतमा पुरानो स्वाद छ, गुलियोपना छ अनि नेपाली समाजको संस्कारित अपनत्व समाविष्ट छ ।
स्मरणीय छ, वरिष्ठ साहित्यकार तथा मुक्तक मणि तीर्थराज अधिकारीले यसअघि आफ्नो जन्म थलो रहेको लमजुङको चिनारीलगायतका कर्णप्रिय गीतको समेत शब्द संयोजन(संकलन) कार्य गर्नु भएको छ ।
प्रकाशित मिति २०८० श्रावण १२, शुक्रबार ०७:२३ गते