बेसीशहर– निजी विद्यालय अर्गनाइजेसन(प्याब्सन) लमजुङले नेपाली साहित्यको श्रीबृद्धिमा नयाँ दिशा दिने जमर्को गरेको छ । प्याब्सन लमजुङको आयोजनामा आज यहाँ भएको जिल्लास्तरीय अन्तर आमावि कविता प्रतियोगिताले त्यस्तो संकेत साउन १२ गते...
बेसीशहर– निजी विद्यालय अर्गनाइजेसन(प्याब्सन) लमजुङले नेपाली साहित्यको श्रीबृद्धिमा नयाँ दिशा दिने जमर्को गरेको छ । प्याब्सन लमजुङको आयोजनामा आज यहाँ भएको जिल्लास्तरीय अन्तर आमावि कविता प्रतियोगिताले त्यस्तो संकेत साउन १२ गते गरेको हो ।
प्याब्सन लमजुङका उपाध्यक्ष ईश्वर पौडेलको अध्यक्षतामा भएको उक्त कविता प्रतियोगिता निर्णायकलाई विभिन्न सात शीर्षक दिन भनिएको थियो । ती शीर्षकमा गोलाबाट कविताको शीर्षक छनौट गर्न लगाई छात्र र छात्रालाई भिन्न शीर्षकमा एक घण्टाको समय दिएर कविता लेख्न लगाइएको थियो । कविता लेख्नका लागि छात्रहरूलाई ‘मेरो लमजुङ’ र छात्राहरूका लागि ‘मेरो बाबा’ शीर्षक परेको थियो । प्याब्सन लमजुङका जिल्ला सचिव विमल अधिकारीले सञ्चालन गर्नु भएको कविता प्रतियोगितामा निर्णायकमा वरिष्ठ पत्रकार नवराज पहाडी तथा मातृभूमि बहुमुखी क्यापस तथा वीरभक्त माविका अर्जुन घिमिरे हुनुहुन्थ्यो ।
प्रस्तुत कार्यक्रमको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..