पार्टीभित्र बेथिति निम्त्याउन खोज्नेहरूलाई चिनेको रास्वपाका सभापति रविको दावी

पार्टीभित्र बेथिति निम्त्याउन खोज्नेहरूलाई चिनेको रास्वपाका सभापति रविको दावी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन १३ गते शनिवार ०६:१७


रास्वपामा राम्रा मान्छे नजोडिए मिसन ०८४ सफल नहुने उल्लेख गर्दै वडादेखि केन्द्रसम्म सही उम्मेदवार उठाइएको अवस्थामा देशको कुनैपनि शक्तिले रास्वपालाई हराउन नसक्ने सभापति रविले दाबी गर्नु भएको छ ।

स्वार्थ लिएर जोडिनु भएको भए, रास्वपामा ठाउँ छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र बेथिति निम्त्याउन खोज्ने व्यक्तिहरूलाई आफूले राम्ररी चिनेको दावी गर्नु भएको छ । रास्वपाका सभापति रविले यहाँ आयोजित एक कार्यक्रममा बेथितिविरूद्ध लड्छु भनेर रास्वपामा लाग्ने तर पार्टीभित्रै बेथिति निम्त्याउँन उद्यत व्यक्तिहरूलाई नेतृत्वले चिनेको दावी साउन १३ गते गर्नु भएको हो ।
उहाँले त्यस्तो प्रवृत्ति भएका व्यक्तिहरूलाई पर पुगेर विदा गर्नुभन्दा आजै विदा गर्दा ठीक हुने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘स्वार्थ लिएर जोडिनु भएको भए त्यस्ता पार्टीहरू बजारमा छ्यापछ्याप्ती छन् । तिनको ढोकासम्म म आफै पु¥याइदिउँला, रास्वपामा ठाउँ छैन ।’ उहाँले थप भन्नुभयो, ‘यो पार्टी कसैलाई पोस्न पाल्न बनेको होइन । नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागि हो’ भन्दै उहाँले यो पार्टी कुनै साधारण परिस्थितिमा जन्मिएको पार्टी होइन ।’
नराम्रो काम गर्ने पार्टीका नेताहरूलाई तत्काल कारबाही गर्ने स्पष्ट दोहोर्याउँदै भन्नुभयो, ‘मिसन ०८४ भनेको सही नेतृत्व छान्न सकियो भने मात्रै सम्भव हुने हो, नारा त यो देशमा सबैले लगाउँछन्, नारा ठिक भएर भएन पारा ठिक हुनुपर्छ । पारा ठिक हुनका लागि हामीसँग राम्रा मान्छे जोडिनुपर्छ । यो दौड होइन, जो दौडेर पदमा पहिला बस्यो उसैले उम्मेदवारी पाइहाल्यो । रास्वपा अन्य पार्टीको हुलमा पार्टी नपुगेर जन्मिएको पार्टी होइन ।’
सभापति रविले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘म सबैलाई यसै मञ्चबाट देशभरकै रास्वपा समर्थक, रास्वपा प्रेमी र रास्वपामा आबद्ध सबैलाई भन्न चाहन्छु, रास्वपामा सहभागी हुनु भनेको तपाईं उम्मेदवार हुनुभएको होइन, उम्मेदवारको छनोट भएको छैन, कोही पनि अहिले उम्मेदवार होइन, यो कुरा स्पष्ट हुन जरुरी छ । साथीहरू मै उम्मेदवार हुँ, म मेयरको, वडाध्यक्षको भन्ने सुनेको छु, त्यसका लागि जोडिनुभएको हो भने कति लामो यो यात्रा हुन्छ थाहा छैन, किनभने यो पार्टी साधारण परिस्थितिमा बनेको पार्टी होइन, कसैलाई पोस्न, पाल्न बनेको पार्टी होइन । नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागि हो ।’
रास्वपामा राम्रा मान्छे नजोडिए मिसन ०८४ सफल नहुने उल्लेख गर्दै वडादेखि केन्द्रसम्म सही उम्मेदवार उठाइएको अवस्थामा देशको कुनैपनि शक्तिले रास्वपालाई हराउन नसक्ने सभापति रविले दाबी गर्नु भएको छ ।

प्रकाशित मिति २०८० श्रावण १३, शनिबार १८:१७ गते
हजुरको प्रतिक्रिया