दाहिने शंखको महिमा जानौं !

दाहिने शंखको महिमा जानौं !

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन १८ गते बिहिबार ०७:५०

धार्मिक अवसर तथा सांस्कृतिक कार्यमा यसलाई फूकेर बजाउन पनि सकिन्छ । तसर्थ यसलाई एक बाजाका रूपमा पनि लिइन्छ ।
शंख विभिन्न किसिमका हुन्छन्, तीमध्ये दाहिना शंख बहुमूल्य मानिन्छ, जुन निकै महँगो हुन्छ । लाखौं शंखमा दाहिना शंख एउटा पाइने धार्मिक मान्यता छ ।

दाहिने शंख : जसको दर्शनले जीवनमा धन, सम्पती र खुसी मिल्ने ! विश्वास छ तर यो दुर्लभ समेत छ यो,

लमजुङ– सनातन संस्कृतिमा धेरै यस्ता विषय वस्तुहरू शास्त्रमा उल्लेख छ जसको दर्शन मात्रले पनि जीवनमा सकारात्मक परिवर्तन आउँछ । जसलाई भाग्यसँग पनि जोड्ने गरिन्छ । यहाँ दाहिने शंखका बारेमा प्रकाश पार्न खोजिएको छ । जानौं यसको महिमा !
भाग्यमानीले मात्र देख्न सक्ने विश्वास गरिने यो दुर्लभ दाहिने शंखलाई दर्शन गरियो मात्र भने पनि जीवनमा धन, सम्पती र खुसी पाउने शास्त्रमा उल्लेख छ । शंख शंखे किराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो । नेपालका अतिरिक्त यो भारत, श्रीलंका, बंगलादेश आदि मुलुकमा प्रयोग भएको पाइन्छ ।
तपाई हैरान हुन सक्नु हुन्छ कि संसारमा ५० हजार भन्दा धेरै प्रकारका शंख पाइन्छ । त्यहि ५० हजार मध्यमा कुनै प्रकारको शंख तपाईको घरमा हुन सक्छ । शंख विशेषगरी धार्मिक कार्यमा प्रयोग गर्ने प्रचलन छ ।
जीउँदो शंख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो, यो धेरै जसो वामावर्त अथवा दक्षिणावर्तमा बनेको हुन्छ । प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरणबाट बनेको हुन्छ ।
धार्मिक अवसर तथा सांस्कृतिक कार्यमा यसलाई फूकेर बजाउन पनि सकिन्छ । तसर्थ यसलाई एक बाजाका रूपमा पनि लिइन्छ ।
शंख विभिन्न किसिमका हुन्छन्, तीमध्ये दाहिना शंख बहुमूल्य मानिन्छ, जुन निकै महँगो हुन्छ । लाखौं शंखमा दाहिना शंख एउटा पाइने धार्मिक मान्यता छ ।
हिन्दू धर्ममा प्रयोग हुने शंखको महिमा बारेमा रामायण, महाभारतमा प्रसस्त छ । हाम्रो समाजमा मंगल कार्यदेखि मृत्युजन्य शोकको घडीमा समेत शंखवादनलाई महत्त्व दिइन्छ । शंख बजाउँदा त्यसको ध्वनीले विभिन्न प्रकारका रोगाणु र विषाणुलाई मार्ने वर्णन ऋग्वेदमा उल्लेख छ । जुन धन प्राप्तको लागि शुभ शंख मानिने गर्छ ।
मध्यावर्ति शंख यस अतभुत शंख : धेरै दुर्लभ मानिने गर्छ । यस शंखको मुखको बीचमा खुल्ला भाग रहेको हुन्छ । तपाईको सम्पूर्ण अभिलाषा पुरा गर्न यस शंख उपयोगी रहने गर्छ । मावर्ति शंख यो शंख : प्राय: बायाँ हातबाट पकडिइने गरिन्छ । यस शंख मिल्न धेरैनै दुर्लभ मानिन्छ । यसलाई भेट्न असम्भवनै रहने गर्छ । यस शंख चमत्कारिकले भरिपूर्ण हुन्छ भने यसको घरमा स्थापनासंगै दरिद्रता हट्ने र धन प्राप्तिको शृंखला सुरु हुने गर्छ ।
गणेश शंख : यो एक दुर्लभ र चमत्कारिक शंख हो । यस शंखको रुप गणेशसंग मिल्न जाने भएका कारण पनि यसलाई गणेश शंख भनिने गरिन्छ । यस शंख घरबाट नकारत्मक नजर हटाउनको लागि प्रयोग गरिन्छ । घरमा यसले शान्त वातावरण राख्नको लागि मद्दत गर्ने गर्छ ।
दुर्लभ देवी शंख : यो शंखलाई दुर्गाले हातमा बोक्ने गरेको शंखको रुपमा लिने गरिन्छ । धर्म शास्त्रमा यस शंखको ९ पटक प्रयोग गर्नेले असंख्य धन आर्जन गर्ने उल्लेख गरिएको छ । यस शंखलाई दैनिक पुञ्ज गर्नाले तपाईको घरमा लक्ष्मीको वास रहन सक्ला । यस शंखले तपाईको गलामा बाध्ने शंख मालासंग अभिमंत्रित गर्नु भएमा अतुल धन मिल्न सक्छ ।
मोती शंख : यस शंख मानसिक चिन्ता हटाउनको लागि प्रयोग गरिन्छ भने श्वास/प्रश्वास सम्बन्धि समस्याको लागि पनि यो शंख काममा आउने विश्वास गरिन्छ । यस शंखलाई जहिले पनि गंगाजलले स्नान गरिने गरिन्छ ।
विष्णुशंख : यो शंख पूर्ण सेतो रंगको रहने गर्छ भने जटिल रूपाकृतिको रहने गर्छ । यो शंख भगवान विष्णुको वाहन गरुडको आकृतिको रुपमा रहने गर्छ । यस शंखलाई धर्म शास्त्रमा ‘चन्द्र शंख’को रुपमा पनि वर्णन गरिएको छ । पवित्र, ईश्वरीय, दुर्लभ चमत्कारिक रुपमा जसको पनि बाधा, दुःख दुर गराउन मद्दत यस शंखले गर्ने गर्छ ।
मणिपुष्पक शंख : शंख महाभारत कालमा सहदेवले बजाउने गरेका थिए । यस शंखले परिवारको सम्पूर्ण मनोकामना पुरा गर्न मद्दत गर्ने विश्वास गरिन्छ । यस शंखको प्रयोग गर्ने व्यक्तिलाई हृदय रोग नलाग्ने विश्वास गरिनुका साथै शरीर स्वस्थ रहन्छ ।
नीलकंठ शंख : यस शंख धार्मिक ग्रन्थका अनुसार भगवान शिवले समुन्द्र मन्थनको क्रममा निक्लेको विष शेवन गर्ने क्रममा नीलकंठ शंख माथि राखेर विष सेवन गरेका थिए । यो शंख घरमा स्थापना गर्दा विषालु जनावरले दुःख नदिने विश्वास गरिन्छ । यस शंखमा गाईको दुध राखेर पिउने गर्नाले स्वास्थ्य राम्रो हुने विश्वास गरिन्छ ।
चक्र शंख : यस शंख भगवान विष्णुको साथमा सधै रहने गर्छ । यो शंख भगवान विष्णुले राक्षसको वधको लागि प्रयोग गर्ने गरेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । यसलाई अद्भुत कल्याणकारी साथै चमत्कारी शंखको रुपमा लिने गरिन्छ । अस्तु !

प्रकाशित मिति २०८० श्रावण १८, बिहीबार १९:५० गते
हजुरको प्रतिक्रिया