जुवा खेल्दै गरेका २२ जुवाडे पक्राउ : जुवाखालबाट साँढे चारलाख बरामद

जुवा खेल्दै गरेका २२ जुवाडे पक्राउ : जुवाखालबाट साँढे चारलाख बरामद

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन १९ गते शुक्रबार ०५:५९

प्रहरीले जुवाडेलाई रंगेहात फेला पारेको त्यसबारेमा विस्तृत विवरण दिन प्रहरीले अस्वीकार गरेको छ ।
उनीहरूलाई बेसीशहरमा ल्याएर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालयको कष्टडीमा राखिएको बताइएको छ ।

पक्राउ पर्नेमा केही प्रतिष्ठित व्यक्ति समेत रहेका कारण प्रहरीलाई नाम दिन सकस

घनपोखरा(लमजुङ)– लमजुङमा जुवा खल्दै गरेका २२ जना पक्राउ परेका छन् । खेलाउने र हेर्ने गरि २२ जनालाई साउन १८ गते साझ प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शीले बताए ।
लमजुङको उत्तरी क्षेत्रमा रहेको मर्स्याङ्दी गाउँपालिका– ९, सिम्पानी क्षेत्र, वडानं– २ को रोप्लेफाँट नजिकैं रहेको खुदी जलविद्युत केन्द्रभन्दा केही माथि, तल्लो पामचोक गाउँको एक घरबाट खेलिरहेका जुवाडेहरूलाई पक्राउ गरिएको हो । उनीहरू खेलिरहेको जुवा खालबाट करिब साँढे ४ लाख रूपैयाँ र खेलिरहेको कौडा समेत प्रहरीले बरामद गरेको प्रत्यक्षदर्शी बताएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार ती जुवाडे पक्रिन प्रहरीका तीन भ्यान भरी गएका प्रहरी परिचालन गरिएको थियो ।
प्रहरीले जुवाडेलाई रंगेहात फेला पारेको त्यसबारेमा विस्तृत विवरण दिन प्रहरीले अस्वीकार गरेको छ । पक्राउ पर्नेमा केही प्रतिष्ठित व्यक्ति समेत रहेका कारण प्रहरीलाई नाम दिन सकस भएको बुझिएको छ ।
उनीहरूलाई बेसीशहरमा ल्याएर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालयको कष्टडीमा राखिएको बताइएको छ ।
सो घट्नामा २० जना भन्दा बढी पक्राउ परेको प्रहरी स्रोतको दावी छ ।

प्रकाशित मिति २०८० श्रावण १९, शुक्रबार ०५:५९ गते
हजुरको प्रतिक्रिया