जुवाको खालबाट पाँच लाख ७० रुपैयाँ सहित २२ जुवाडे रङ्गेहात पक्राउ

जुवाको खालबाट पाँच लाख ७० रुपैयाँ सहित २२ जुवाडे रङ्गेहात पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन १९ गते शुक्रबार ०६:१२

पक्राउ परेका जुवाडेहरूमा छ जना गोरखा जिल्लाका छन् भने काभ्रे र रौतहटका एक एक जना र बाँकी सबै अर्थात १४ जना लमजुङको विभिन्न पालिकाका छन् ।

जुवा खालबाट पाँच लाख ७० रूपैयाँ र कौडा थान १६ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय लमजुङबाट पुष्टि

लमजुङ– लमजुङमा जुवाको खालबाट प्रहरीले पाँच लाख रुपैयाँ सहित जुवा खल्दै गरेका २२ जना पक्राउ गरेको छ । हिजो साँझ पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयमा लगेर अनुसन्धानका लागि सात दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले साउन १९ गते अबेर जानकारी दिएको हो ।
लमजुङको उत्तरी क्षेत्रमा रहेको मर्स्याङ्दी गाउँपालिका– ९, सिम्पानी गाउँको एक घरबाट खेलिरहेका जुवाडेहरूलाई पक्राउ गरिएको हो । उनीहरू खेलिरहेको जुवा खालबाट पाँच लाख ७० रूपैयाँ र खेलिरहेको कौडा थान १६ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले आज अबेर गरी हामीलाई प्रेषित सूचनामा उल्लेख छ । उहाँका अनुसार मस्र्याङदी गाउँपालिका– ९ घनपोखरा स्थित धनबहादुर तामाङले भाडामा लिई बसेको घरमा हार जितको बाजी राखी जुवा(कौडा) खेल्दै गरेका निज धनबहादुर तामाङसमेत २२ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरू २५ वर्षीयादेखि ६२ वर्षीया सम्मका रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवेदीले बताउनु भयो । उहाँका अनुसार उनीहरूमा छ जना गोरखा जिल्लाका छन् भने काभ्रे र रौतहटका एक एक जना र अन्य सबै १४ जना लमजुङको विभिन्न पालिकाका छन् ।
पक्राउ पर्नेहरूमा मस्र्याङ्दी गाउँपालिकाका धनबहादुर तामाङ, मिनराज तामाङ, मेघराज तामाङ, सहदेव गुरुङ, देवेन्द्र लामा र सुजन तामाङ हुन् । त्यस्तै, तकबहादुर गुरुङ दूधपोखरी गाउँपालिका, विष्णुबहादुर अधिकारी सुन्दरबजार नगरपालिका छन् । सानु तामाङ काभ्रे तथा बीरेन्द्र राउत रोतहट रहेका छन् । गोरखा जिल्लाका शंकरबाबु श्रेष्ठ, भरत श्रेष्ठ, निर्माण घिमिरे, दानबहादुर कुमाल, दामोदर घिमिरे, काले तामाङ र धनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवेदीले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्ला सदरमुकाम बेसीशहर नगरपालिकामा स्थायी बसोबास रही पक्राउ परेकाहरूमा रामबहदुुर गुरुङ, राजन सुयल, अनिल भन्ने अखिल रिमाल, शिव गुरुङ र राजेश थापा छन् । उहाँले भन्नुभयो, ‘दिन ७ को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको छ ।’
उनीहरूलाई बेसीशहरमा ल्याएर स्वास्थ्य परीक्षण गरी म्याद थप गर्न लग्नु अघि र म्याद थप गरेपछि पनि जिल्ला प्रहरी कार्यालयको कष्टडीमा राखिएको छ ।
ती जुवाडे पक्रिन प्रहरीका तीन भ्यान भरी गएका प्रहरी परिचालन गरिएको प्रत्यक्षदर्शीले बताए ।
फोटोमा ः जुवाडेहरूलाई जिल्ला प्रशासन कार्यालयमा म्याद थपका लागि लगेको बेला प्रशासन कार्यालय बाहिर रोकिएको प्रहरी भ्यान ।

प्रकाशित मिति २०८० श्रावण १९, शुक्रबार १८:१२ गते
हजुरको प्रतिक्रिया