राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेशद्वारा काबा अध्यक्ष पराजुलीलाई समवेदना व्यक्त

राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेशद्वारा काबा अध्यक्ष पराजुलीलाई समवेदना व्यक्त

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन २२ गते सोमबार ०९:५३

पुतलीबजार नगरपालिका पूर्ववडाध्यक्ष एवम् नगरविकास समितिका पूर्वअध्यक्ष समेत रहनु भएको स्व. कृष्णका पिता समाजसेवी खेमनारायण शर्मा पराजुलीलाई शारीरिक अपाङ्ग महासंघको गण्डकी प्रदेश समितिका महासचिव पौडेलले समवेदना पत्र हस्तान्तरण गर्नु भएको हो ।

महासंघको गण्डकी प्रदेश समितिका महासचिव चन्द्रकान्त पौडेलको नेतृत्वमा छ जनाको टोली समवेदना व्यक्त गर्न स्याङ्जामा

स्याङ्जा– राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेश समितिले आफ्ना कार्यबाहक अध्यक्ष युवराज पराजुलीलाई गहिरो समवेदना व्यक्त गरेको छ । महासंघको गण्डकी प्रदेश समितिको एक प्रतिनिधि मण्डलले उहाँको निवासमा पुगेर साउन २२ गते समवेदना व्यक्त गरेको हो ।
काबा अध्यक्ष युवराज पराजुलीका जेष्ठ दाजु पुतलीबजार नगरपालिका– २ देवीस्थान स्याङ्जा निवासी वरिष्ठ समाजसेवी आदरणीय पिता खेमनारायण शर्मा पराजुलीका जेष्ठ सुपुत्र कृष्ण पराजुलीको साउन १४ गते ५३ बर्षको उमेरमा भएको असामायिक एवम् अकल्पनीय निधनको भएको थियो । सो खबरबाट मर्माहत भएको महासंघको गण्डकी प्रदेश समितिले उहाँको निवासमा पुगेर स्व. पराजुलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफ्ना काबा अध्यक्षलाई समवेदना व्यक्त गरेको हो ।
महासंघको गण्डकी प्रदेश समितिका सल्लाहकार समितिका संयोजक विष्णु सिंग्देल र महासंघको गण्डकी प्रदेश समितिका महासचिव चन्द्रकान्त पौडेलको नेतृत्वमा छ जनाको टोली समवेदना व्यक्त गर्न स्याङ्जा आएको थियो ।
टोलीले उहाँको निवासमा आएर स्व. आत्माको चिरशान्तिका लागि मौन धारण, उहाँको व्यक्तित्वमा प्रकाश पार्दै समवेदना पत्र हस्तान्तरण गरिएको थियो । पुतलीबजार नगरपालिका पूर्ववडाध्यक्ष एवम् नगरविकास समितिका पूर्वअध्यक्ष समेत रहनु भएको स्व. कृष्णका पिता समाजसेवी खेमनारायण शर्मा पराजुलीलाई शारीरिक अपाङ्ग महासंघको गण्डकी प्रदेश समितिका महासचिव पौडेलले समवेदना पत्र हस्तान्तरण गर्नु भएको हो ।
सो समवदेना पत्रमा यस दुःखद घडीमा स्वर्गीय आत्माको चिरशान्ति, बैकुण्ड बासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
‘शोकको यस विषम घडीमा शोकाकुल माता पिता, धर्मपत्नी रमादेवी पराजुली, छोराहरू पुरुषोत्तम पराजुली, पुष्पराज पराजुली, बुहारी सबिना पराजुली, छोरी पुजा पराजुली अर्याल लगायत सम्पूर्ण भाइ बुहारीहरू सहित सम्पूर्ण पराजुली परिवारजन, इष्टमित्रहरूमा गहिरो समवेदना व्यक्त गर्दैछौं’ भन्ने उल्लेख छ ।

प्रकाशित मिति २०८० श्रावण २२, सोमबार ०९:५३ गते
हजुरको प्रतिक्रिया