
सुन्दरबजार( लमजुङ)– विदेशिन वाध्य भएका नेपालीहरूको पीडा, देखा, कथा समेटेर निर्माण गरिएको चलचित्र “परदेशी संयोग“ सार्वजनिक भएको छ । लमजुङ जिल्ला सुन्दरबजार–७ पोखरेल गाउँ निवासी हाल मकाउमा कार्यरत श्रीराम पोखरेलले उक्त चलचित्र सार्वजनिक गर्नुभएको हो ।
श्रीराम पोखरेलको निर्देशनमा उक्त चलचित्र निर्माण गरिएको हो । पोखरेलले चलचित्रमा परदेशमा रहेर आफ्नै नेपाली मौलिक कला संस्कृति झल्कने र लाखौं विदेशिएका नेपालीहरुको कथामा आधारित चलचित्र रहेको छ । शुदर्शन थापा मगरको निर्माण, कथा, पटकथा तथा सम्पादन डोन मगरको रहेको चलचित्रको मुख्य कलाकारहरु संगिता खनाल (अधिकारी), शुरज अधिकारी ,राम राना मगर, त्रीपक श्रीष मगर, निर्मला राना मगर लगायत रहेको निर्देशक श्रीराम पोखरेलले बताउनु भयो । उहाँका अनुसार चलचित्र जुलाई ३० आइतबारका दिन होटेल लार्कमा प्रीमियर शो संपन्न भएको र सो अवसरमा बहुसंख्यक नेपालीहरुको उपस्थिति रहेको निर्देशक पोखरेलले बताउनु भयो । चलचित्र हेर्ने दर्शकको सकारात्मक प्रतिक्रिया पाए पछि निर्देशक श्रीराम पोखरेलले आफुले गरेको मेहनत खेर नगएको प्रतिक्रिया दिनभयो ।
साथै यो फिल्म ले विदेशमा रहने सबै नेपालीहरुले आफुलाइ कहीँ न कहीँ यो चलचित्र भित्र पाउने उनले बताए । समग्रमा यो चलचित्रले विदेशिएका लाखौं नेपालीहरुलाइ सकारात्मक सन्देश सहित विदेशमा रहँदा कसरी आफुलाइ चलायमान बनाउनु पर्छ र कसरी आफू सुरक्षित रहनु पर्छ भन्ने सन्देश दिने निर्देशकले बताउनु भयो ।
प्रकाशित मिति २०८० श्रावण २३, मंगलवार १९:०१ गते