मर्स्याङ्दी नदी किनारमा आज दिउँसो १ बजेसम्म सतर्कता अपनाउन आग्रह

मर्स्याङ्दी नदी किनारमा आज दिउँसो १ बजेसम्म सतर्कता अपनाउन आग्रह

रासस

@antaranganews

२०८० साउन २८ गते आईतबार १०:३२

मनसुनको न्यूनचापीय रेखा र न्यूनचापीय प्रणालीको प्रभावले आज देशैभरी वर्षा हुने पूर्वानुमान् छ । सातै प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारीको सम्भावना रहेकाले आज अधिकांश मुख्य नदीहरूको जलसतह बढ्ने सम्भावना छ ।

बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह १० मिटर आसपास रहेको र बढ्दो रहेकोले तटीय क्षेत्रमा बसोबार गर्नेहरूले आज दिउँसो १ बजेसम्म सतर्कता अपनाइराख्न अनुरोध गरेको हो ।

काठमाडौं– मर्स्याङ्दी नदी किनारमा बसोबास गर्नु हुनेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएकोे छ । बाढी पूर्वानुमान् महाशाखाले मर्स्याङ्दी नदीको जलसतह बढेकाले आज दिउँसो १ बजेसम्म सतर्कता अपनाइराख्न महाशाखाले साउन २८ गते अनुरोध गरेको हो ।
मर्स्याङ्दी नदीको बिमलनगर बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह १० मिटर आसपास रहेको र बढ्दो रहेकोले तटीय क्षेत्रमा बसोबार गर्नेहरूले आज दिउँसो १ बजेसम्म सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको हो ।
मनसुनको न्यूनचापीय रेखा र न्यूनचापीय प्रणालीको प्रभावले आज देशैभरी वर्षा हुने पूर्वानुमान् छ । सातै प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारीको सम्भावना रहेकाले आज अधिकांश मुख्य नदीहरूको जलसतह बढ्ने सम्भावना छ ।
काठमाडौं उपत्यकामा पनि बिहानैबाट पानी परिरहेकाले यहाँका प्रमुख नदीहरूको बहाब बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति २०८० श्रावण २८, आईतवार १०:३२ गते
हजुरको प्रतिक्रिया