आदर्श पोखरेल नयाँ गीत लिएर आउँदै

आदर्श पोखरेल नयाँ गीत लिएर आउँदै

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन २९ गते सोमबार ०७:३८

पोखरा । गीतकार तथा सङ्गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘माया हेरेर कहाँ देखिन्छ’ बोलको गीतको म्युजिक भिडियोको छायाङ्कन सम्पन्न भएको छ । शनिबार पोखरामा उक्त गीतको छायाङ्कन गरिएको हो । सुप्रसिद्ध गायक तथा सङ्गीतकार रामभक्त जोजिजुको...

पोखरा । गीतकार तथा सङ्गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘माया हेरेर कहाँ देखिन्छ’ बोलको गीतको म्युजिक भिडियोको छायाङ्कन सम्पन्न भएको छ । शनिबार पोखरामा उक्त गीतको छायाङ्कन गरिएको हो । सुप्रसिद्ध गायक तथा सङ्गीतकार रामभक्त जोजिजुको विशेष उपस्थितिमा एक कार्यक्रमका बिच गीतको छायाङ्कन शुभारम्भ गरिएको थियो ।

युवा गीतकार तथा सङ्गीतकार आदर्श पोखरेलको शब्द र सङ्गीत रहेको उक्त गीतमा गायक विश्वबन्धु अधिकारी र गायिका जमुना तिमिल्सिना को आवाज सजिएको छ । सुदिप सुवेदीको निर्देशन र सन्देश गुरुङको छायांकन रहेको भिडियोमा गायक विश्वबन्धु अधिकारी र गायिका जमुना तिमिल्सिना दमदार अभिनय रहेको छ । त्यसै गरी जमुना पौडेल बराल र डा. परिवर्तन बराललाई पनि भिडियोमा विशेष भूमिकामा प्रस्तुत गरिएको छ । भिडियोमा समावेश नृत्यको कोरियोग्राफी भने सोम गुरुङले गरेका छन् ।

विशुद्ध प्रेमकथामा आधारित गीतको म्युजिक भिडियोलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । हाल छायांकन सकेर पोष्ट प्रोडक्सनमा रहेको गीतको भिडियो केही दिनमै सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । उक्त गितको म्युजिक भिडियो ओएसआर डिजिटल प्रा. लि. को आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक हुने छ ।

प्रकाशित मिति २०८० श्रावण २९, सोमबार ०७:३८ गते
हजुरको प्रतिक्रिया