मदन पुरस्कारका लागि छनोट भएका उत्कृष्ट ५ पुस्तकको नाम सार्वजनिक

मदन पुरस्कारका लागि छनोट भएका उत्कृष्ट ५ पुस्तकको नाम सार्वजनिक

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन २९ गते सोमबार ०८:२५

ती पुस्तकका लेखकहरू क्रमशः सुविन भट्टराई, विवेक ओझा, द्वारिकानाथ ढुंगेल, प्रगति राई र सञ्जय बिष्ट हुनुहुन्छ ।

यी पाँच पुस्तक मध्येबाट सर्वोत्कृष्ट ठहर हुने एक पुस्तकलाई मदन पुरस्कार– २०७९ दिइने गुठीले जनाएको छ ।

छनोट भएका पुस्तकहरूमा इजोरिया, ऐँठन, चक्रव्यूहमा नेपालको जलस्रोत, थाङ्ग्रा र माटाको घर हुन् ।

काठमाडौं– मदन पुरस्कार– २०७९ का लागि छनोट कार्यले गति लिएको छ । त्यसका लागि छनौट भएका उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरिएको छ ।
सो पुरस्कार दावी गर्दै गुठीमा ३१३ पुस्तक पेश गरिएका थिए । ती मध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तक मदन पुरस्कार गुठीले जनाएको हो ।

छनोट भएका पुस्तकहरूमा इजोरिया, ऐँठन, चक्रव्यूहमा नेपालको जलस्रोत, थाङ्ग्रा र माटाको घर हुन् । ती पुस्तकका लेखकहरू क्रमशः सुविन भट्टराई, विवेक ओझा, द्वारिकानाथ ढुंगेल, प्रगति राई र सञ्जय बिष्ट हुनुहुन्छ ।

यी पाँच पुस्तक मध्येबाट सर्वोत्कृष्ट ठहर हुने एक पुस्तकलाई मदन पुरस्कार– २०७९ दिइने गुठीले जनाएको छ ।

प्रकाशित मिति २०८० श्रावण २९, सोमबार ०८:२५ गते
हजुरको प्रतिक्रिया