सरकार स्थिर कि अस्थिर ? ७ महिनामा १२ पटक मन्त्रीपरिषदमा हेरफेर

सरकार स्थिर कि अस्थिर ? ७ महिनामा १२ पटक मन्त्रीपरिषदमा हेरफेर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन २९ गते सोमबार ०७:११

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता प्रचण्ड २०७९ पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएको हो । यसबीचमा प्रधानमन्त्री प्रचण्डले गठबन्धनसमेत परिवर्तन गर्नु भयो ।
प्रधानमन्त्री प्रचण्डले २०७९ पुस ११, माघ ३, माघ १४, माघ २३, फागुन १४, फागुन १६, चैत १७ मा मन्त्रिपरिषद पुनर्गठन गर्नु भएको हो । यसैगरी, २०८० वैशाख ३, वैशाख २१, वैशाख २४, र जेठ ९ गते प्रधानमन्त्री दाहालले मन्त्रीपरिषद पुनर्गठन गर्नु भएको हो ।

यसअघि अनितादेवी साह नेपाली कांग्रेस समर्थक हुनुहुन्थ्यो तर परिवारबाट कोही सक्रिय राजनीतिमा थिएनन् ।

काठमाडौं– संघीयताको प्रयोगसँगै दोस्रो पटक भएको आमनिर्वाचन सम्पन्न हुँदै गर्दा ‘जसरी पनि प्रधानमन्त्री हुन्छु’ भन्दै सो दौडमा रहनु भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री त बन्नुभयो । तर यो बीचमा उहाँ प्रधानमन्त्री बनेको सात महिनाको छोटो अवधिमै १२ पटक मन्त्रीपरिषद पुनर्गठन गर्न बाध्य हुनु भएको छ । आज साउन २९ गते १२ औं पटक मन्त्रीपरिषद पुनर्गठन भएबाट सरकार स्थिर कि अस्थिर ? भन्ने प्रश्न उब्जिएको हो ।
पछिल्लो पटक प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीकी सांसद अनितादेवी साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउनु भएको हो । प्रधानमन्त्रीकै दल माओवादीबाट मन्त्री रहनु भएका अमनलाल मोदीलाई हिजो फिर्ता बोलाएर प्रचण्डले उक्त मन्त्रालयमा जनमत पार्टीकी साहलाई जिम्मेवारी दिनु भएको हो ।
नवनियुक्त मन्त्री साहले आज बिहान शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएर सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरी सक्नु भएको छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता प्रचण्ड २०७९ पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएको हो । यसबीचमा प्रधानमन्त्री प्रचण्डले गठबन्धनसमेत परिवर्तन गर्नु भयो ।
प्रधानमन्त्री प्रचण्डले २०७९ पुस ११, माघ ३, माघ १४, माघ २३, फागुन १४, फागुन १६, चैत १७ मा मन्त्रिपरिषद पुनर्गठन गर्नु भएको हो । यसैगरी, २०८० वैशाख ३, वैशाख २१, वैशाख २४, र जेठ ९ गते प्रधानमन्त्री दाहालले मन्त्रीपरिषद पुनर्गठन गर्नु भएको हो ।
पहिलो पटक पुसमा नेकपा एमाले, रास्वपा र राप्रपासहित दलको समर्थनमा प्रधानमन्त्री बन्नु भएका प्रचण्ड राष्ट्रपति निर्वाचनका बेला गत फागुनमा सो गठबन्धन छाडेर पुनः नेपाली कांग्रेससहितको आमचुनावका बेलाको गठबन्धनमा फर्कनु भएको हो ।
यतिबेला सरकारी गठबन्धनमा कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति सहितका दल रहेका छन् ।
मन्त्री अनिता देवी साहको संक्षिप्त चिनारी :
जनमत पार्टीको राजनीतिमा छिर्दै गर्दा भविष्यमा सांसद वा मन्त्री बनिएला भन्ने कल्पनासमेत थिएन भन्ने उहाँले आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको छ । उहाँलाई निवर्र्तमानमन्त्री मोदीले मन्त्रालयमा स्वागत गर्नु भएको हो ।
उहाँलाई मन्त्री नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डले आफ्नै पार्टीका अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउनु भएको हो ।
धनुषाको औरही गाउँपालिका– ६, चक्कर टोलका इन्जिनियर बुबा एमुना साह र आमा स्वर्गीय दिव्यकला देवीका चार छोरी मध्ये अनिता साहिली हुनुहुुन्छ । बुबा जागिरे हुँदासँगै बसेर काठमाडौंको थापाथलीस्थित गुजेश्वरी माविबाट कक्षा ८ सम्म पढ्नु भएकी उहाँले गाउँकै शंकरजनता माविबाट एसएलसी पास गर्नु भयो । जनकपुर नाइट कलेजबाट अनिताले प्लस टु र त्यसपछि हेल्थ विषयमा स्नातक गर्नु भएको छ ।
पछिल्ला करिब चार वर्षदेखि उहाँ सक्रिय राजनीतिमा हुनुहुन्छ । ‘हाम्रो घर र माइती पक्ष राजनीतिक पृष्ठभूमिको थिएन । त्यसैले मन्त्री, सांसद बन्छु भनेर सोचेकी पनि थिइनँ’ उहाँले भन्नुभयो । उहाँका अनुुसार तर राजनीतिमा लाग्दा बाटो खुल्ने रहेछ ।’
डा. सिके राउतले पृथकतावादी मुद्दा छाडेर मूलधारको राजनीतिमा आए र जनमत पार्टी खोलेपछि अनिताले खुलेर सो पार्टीको झण्डा बोक्न थाल्नु भएको हो । यसअघि उहाँ नेपाली कांग्रेस समर्थक हुनुहुन्थ्यो तर परिवारबाट कोही सक्रिय राजनीतिमा थिएनन् । उहाँले भन्नुभयो, ‘राजनीति गर्छु भनेर सोचेको थिइनँ । जसरी हाम्रो पार्टीका अध्यक्ष डा. सिके राउतले पनि राजनीति गर्छु भनेर सोच्नु भएको थिएन नि ! तर परिस्थितिले राजनीति गर्न बाध्य बनायो, पछि खुलेर जनमत पार्टीको झण्डा बोकें ।’
डेढ वर्ष धनुषा जिल्ला पार्टीको इञ्चार्ज भएर काम गर्नु भएकी अनिता र उहाँका पति दुवै जनकपुरमा सम्पन्न जनमतको प्रथम महाधिवेशनबाट केन्द्रीय सदस्य हुनु भएको हो । मूलधारको राजनीतिमा आउँदा पार्टीको विचार सिद्धान्तबाट प्रभावित भएर समाज र राष्ट्रको लागि केही गर्नुपर्छ भनेर झण्डा बोकेको उहाँ बताउनु हुन्छ । अनिता जनमत पार्टीको केन्द्रीय सचिवसँगै संसदीय दलको प्रमुख सचेतक समेतको जिम्मेवारीमा हुनुहुन्छ । पार्टीमा देखिएको सक्रियता र लगनशीलताले केही समय पश्चात अनितालाई जनमतले केन्द्रीय सचिवमा मनोनित गरेको हो ।
२०७९ वैशाख ३० गते चुनावमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा जनमतबाट उम्मेदबार बन्नु भएकी उहाँले करिब १५ सय मत पाई जमानत जोगाउन पनि मुस्किल प¥यो । तर उहाँलाई मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा जनमत पार्टीले समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य बन्ने अवसर दियो र अहिले मन्त्रीसमेत बनायो ।
उहाँका पति इन्जिनियर सञ्जयकुमार साह वैदेशिक रोजगारीको सिलसिलामा कतारमा हुनुहुन्थ्यो । डा. सिके राउतले स्वतन्त्र मधेश गठबन्धनको अभियान चलाउँदा प्रभावित भएर २०१४ मै सो अभियानमा उहाँ लाग्नु भयो ।
डा. सिके राउतको गठबन्धनमा विदेशबाटै पति आबद्ध हुँदा अनिताको चासो पनि राजनीतितिर बढ्न थाल्यो । अप्रत्यक्ष रुपमै गठबन्धनलाई उहाँले सघाउन थाल्नु भएको हो ।
२०६६ सालदेखि अनिता घरको कामकाजसँगै गैर सरकारीसंस्था ‘ओरेक नेपाल’ धनुषामा आवद्ध भएर काम गर्नु भएको थियो ।
अनिताको मागी विवाह सबैलाका रामदेव साह र लालुदेवीकी जेठो छोरा सञ्जयसित सामाजिक परम्परा अनुसार २०५५ सालमा भएको हो । त्यो बेला उहाँ कक्षा– ९ मा पढ्दै हुनुहुन्थ्यो । अनिता दम्पतीका एक एक जना छोरा र छोरी छन् । छोरी हिमानी काठमाडौंमा सूचना प्रविधिमा र छोरा भाष्कर पनि काठमाडौंमै कक्षा १२ मा अध्ययनरत छन् ।
अनिताले ओरेक नेपालको सदस्यदेखि सल्लाहकारको भूमिकासम्म निर्वाह गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलको सदस्यको रुपमा काम गरेको अनुभव समेत उहाँसँग छ ।
प्रथम चरणमा सरकारमा सहभागी हुँदा पार्टीमा आवद्ध भएदेखि सक्रियता र लगनशील भएर काम गरेका कारण उहाँलाई सांसददेखि मन्त्रीसम्म बन्ने अवसर जुटेको हो जनमत पार्टीका केन्द्रीय सचिव विपी साह बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘अनिता पढे लेखेको महिला हुनुहुन्छ । संसदीय गतिविधिसँगै पार्टीको गतिविधिमा उहाँको राम्रो भूमिका छ । दलको सचेतक र महिला भएका कारण पार्टीले उहाँलाई दोस्रो चरणमा यो अवसर दिएको हो ।’
अनिताले भन्नुभयो, ‘झण्डै डेढ दशकसम्म विभिन्न गैरसरकारी संस्थामा आबद्ध हुँदा समाजको वास्तविक समस्या बुझें र राजनीतिमा लाग्दा घरपरिवारको राम्रो सहयोग पाएको हुँदा यहाँसम्मको यात्रा तय गर्न सकें ।’
यसअघि जनमत पार्टीले खानेपानी मन्त्रालयको जिम्मा पाएको थियो । तर चित्त बुझ्दो मन्त्रालय नभएको भन्दै सरकारबाट सो दल बाहिरिएको थियो ।

प्रकाशित मिति २०८० श्रावण २९, सोमबार १९:११ गते
हजुरको प्रतिक्रिया