एमालेले झण्डै एक महिना सार्यो प्रदेशस्तरीय अधिवेशन

एमालेले झण्डै एक महिना सार्यो प्रदेशस्तरीय अधिवेशन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन ३० गते मङ्गलबार ०५:३७

गण्डकी प्रदेशको अधिवेशन असोज १५ र १६ गते हुनेछ । लुम्बिनी प्रदेश अधिवेशन आउँदो भदौमै (१६ र १७ गते) गर्ने तय भएको छ । त्यस्तै, मधेस प्रदेशको असोज ५ र ६ गते, वाग्मती प्रदेशको असोज ८ र ९ गते हुने तालिका छ ।
यसैगरी, असोज १० र ११ गते कर्णाली, असोज १२ र १३ गते कोशीका साथै असोज १९ र २० गते उपत्यका विशेष, असोज २१ र २२ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने छ ।

सचिवालय बैठकमा के के भयो निर्णय ?

काठमाडौं– संघीय संसदको प्रमुख विपक्षी दल नेकपा (एमाले)ले प्रदेशस्तरीय अधिवेशन झण्डै एक महिना पछि सरेको छ । यसअघि एमालेले भदौ मसान्तभित्र प्रदेश अधिवेशन गर्ने निर्णय गरेको भए पनि केन्द्रीय सचिवालय बैठकले अधिवेशनको मिति हेरफेर गरी आउँदो असोज मसान्तभित्र सक्ने निर्णय साउन २९ गते गरेको हो ।
आज पार्टी कार्यालय च्यासलमा बसेको बैठकले त्यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भयो । उहाँका अनुसार गण्डकी प्रदेशको अधिवेशन असोज १५ र १६ गते हुनेछ । लुम्बिनी प्रदेश अधिवेशन आउँदो भदौमै (१६ र १७ गते) गर्ने तय भएको छ । त्यस्तै, मधेस प्रदेशको असोज ५ र ६ गते, वाग्मती प्रदेशको असोज ८ र ९ गते हुने तालिका छ ।
यसैगरी, असोज १० र ११ गते कर्णाली, असोज १२ र १३ गते कोशीका साथै असोज १९ र २० गते उपत्यका विशेष, असोज २१ र २२ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने ज्ञवालीले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘प्रदेश अधिवेशनका लागि पालिकाले प्रतिनिधि चयन गर्ने त्यसका लागि ४० वर्ष मुनिका युवालाई प्रतिनिधि बनाउन प्राथमिकताका साथ ध्यान दिने निर्णय गरेको छ ।’
४० वर्ष मुनिका न्यूनतम एक तिहाइ युवा प्रतिनिधि ः
एमालेले वडा र टोलमा ४० वर्ष मुनिका न्यूनतम एक तिहाइ युवाहरू अनिवार्य रूपमा सम्मिलित गर्नुपर्ने नीति तय गरेको छ । पालिकामा न्यूनतम २० प्रतिशत, जिल्लामा १५ र प्रदेशमा १० प्रतिशत गरेर युवाहरूको समावेसिता सुनिश्चित गर्ने निर्णय गरेको ज्ञवालीले उल्लेख गर्नुभयो ।
सो बैठकले केदार न्यौपाने र छक्कबहादुर लामालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेको छ । बैठकले शंकरभक्त जोशी र सूर्य शर्मालाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएको उहाँको भनाइ छ । न्यौपाने नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष थिए । उहाँले केही दिनअघि एकीकृत समाजवादी परित्याग गर्नु भएको थियो ।
त्यस्तै, लामा हुम्लाका पूर्वसांसद हुनुहुन्छ । २०७४ सालमा स्वतन्त्र उम्मेदवार बन्नुभएका उहाँ नेकपाकालमा नेकपा प्रवेश गर्नु भएको थियो ।
यसैगरी, एमालेले संगठन विभागको सचिवमा केन्द्रीय सदस्य माधव ढुंगेललाई दिएको छ ।
युवा संघको कञ्चनपुर जिल्ला अधिवेशनको झडपको छानबिन गर्न कार्यदल गठन ः
राष्ट्रिय युवा संघ नेपालको कञ्चनपुर जिल्ला अधिवेशनका क्रममा साउन २७ गते भएको झडपको छानबिन गर्न पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा भानुभक्त ढकाल र ज्वालाकुमारी शाह सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति २०८० श्रावण ३०, मंगलवार ०५:३७ गते
हजुरको प्रतिक्रिया