अनेसास नेपाल च्याप्टरको तेस्रो अधिवेशनमा ठाडोभाका सम्मानित

अनेसास नेपाल च्याप्टरको तेस्रो अधिवेशनमा ठाडोभाका सम्मानित

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ ४ गते सोमबार ०७:२२



महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उहाँले नेपाली महाजाति भएको उल्लेख गर्दै केही दशक अघि दक्षिण एशियामा फैलिएको यो जाति पछिल्ला वर्षमा विश्वका धेरै राष्ट्रमा पुगेको र आफ्नो भाषा, साहित्य, कला संस्कृतिको समेत विस्तार गरेको उल्लेख गर्नु भयो । 

निवर्तमान उपाध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति  निर्विरोध चयन 

काठमाडौं– प्रज्ञा भवनमा आयोजना गरिुएको एक भव्य समारोह बिच लमजुङको ठाडोभाका लोककला प्रतिष्ठान नेपाल सम्मानित भएको छ । अन्तराष्ट्रिय साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको तेस्रो अधिवेशनको पावन अवसरमा सोही संस्थाद्वारा ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङलाई भदौ २ गते सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी तथा त्रिविका नेपाली विभागका प्रमुख डा. खगेन्द्र लुइँटेल, आयोजक संस्थाका अध्यक्ष सन्ध्या पहाडीले संयुक्त रूपमा खदा, रूद्राक्षको माला, प्रस्सती पत्रद्वारा सम्मान गर्नु भएको हो । उक्त कार्यक्रममा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सल्लाहकार रमेशचन्द्र अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।
मौलिक लोक संस्कृति तथा साहित्यको खोज, संरक्षण र प्रवद्र्धन गर्ने पवित्र उद्देश्यका साथ २०७२ सालमा स्थापना भएको हो । स्थापना कालदेखिनै उक्त संस्थाको नेतृत्व वरिष्ठ पत्रकार नवराज पहाडीले गर्दै आउनु भएको छ । प्रतिष्ठानका गतिविधिले अब जिल्लामा यो भाका मर्दैन भन्ने स्थिति बनिरहेको छ । सोही प्रतिष्ठानको सक्रिय गतिविधिका कारणले प्रतिष्ठानलाई सम्मानका लागि छनोट  गरिएको अनेसासक महामन्त्री ऋषभदेव घिमिरेले बताउनु भयो । उहाँका अनुसार अनेसासले मुलुकका धेरै संघसंस्थासँग सहकार्य गरेको छ । तीमध्येमा दुईवटा संस्थालाई मात्र सम्मान गर्ने निर्णय समितिले गर्यो र त्यसमा लमजुङको ठाडोभाका लोककला प्रतिष्ठानलाई छनौट गरिएको घिमिरेले जानकारी दिनु भयो  ।
कार्यक्रमको उदघाटन गर्दै महासमालोचक त्रिपाठीले नेपाली महाजाति भएको बताउँदै केही दशक अघि दक्षिण एशियाली मुलुकमा सीमित रहेको यो जाति पछिल्ला वर्षमा विश्वका अधिकांश मुलुकमा पुगेको र त्यहाँ पनि नेपाली भाषा साहित्य र संस्कृतिको विकास गरेको भन्दै प्रशंसा गर्नु भयो । सो पुण्यकर्ममा पछिल्ला वर्षहरूमा अन्तराष्ट्यि नेपाली साहित्य समाजले गरेको योगदान झनै प्रशंसनीय छ भन्नुभयो । उहाँले यति राम्रो काम गरेकोमा आयोजकलाई बधाई दिदै त्यसको जग यसअघिका अध्यक्ष राधेश्याम लेकालीले बताउनु भएको थियो । त्यसमा मलजल राख्ने काम अहिलेका अध्यक्ष सन्ध्या पहाडीको टिमबाट  भएको उहाँले उल्लेख गर्नु भयो ।
सो अवसरमा ठाडोभाकाको अतिरिक्त संस्कृत विश्वविद्यालय दाङ, जनकपुर उपमहानगरपालिका धनुषा, गोरखकाली नगरपालिका गोरखालाई सम्मान गरिएको थियो । सो कार्यक्रममा राष्ट्कवि माधव घिमिरे गीत पुरस्कारबाट वरिष्ठ गीतकार यादव खरेलका साथै गीत, चलचित्र, साहित्यका कालजइ सष्ट्रा प्रेमध्वज प्रधानलाई मरणोपरान्त नगद सहित सम्मान गरिएको थियो । त्यस्तै, कोभिड कालमा गरिएको प्रतियोगितात्मक लेखनका विजेताहरूलाई पुरस्कृत गरिएको थियो । सो प्रतियोगितामा बाबुराम न्यौपाने पहिलो, पवित्रा अधिकारी दोस्रो र सम्झना निरौला तेस्रो भएका थिए । उनीहरूलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ नगद तथा पुमाणपत्र पुरस्कार स्परुप प्रदान गरिएको थियो ।
सो अवसरमा नेपाली विभागका प्रमुख डा. खगेन्द्र लुइँटेल, पुरस्कृत व्यक्तित्व यादव खरेल।, अनेसासका निवर्तमान अध्यक्ष राधेश्याम लेकालीलगायतले उक्त कार्यक्रमको प्रशंसा गर्नु भएको थियो । कार्यक्रमका वक्ताहरूले शुभकामना दिने क्रममा कार्यक्रमबाट नै यस संस्थाले गरेको कार्यका बारेमा बोलिरहेको हुँदा थप बताउन आवश्यक नरहेको समेत उल्लेख गर्नु भयो ।
उक्त अवसरमा अनेसासका आजीवन सदस्य ध्रुव खनालको कविता संग्रह ‘नयनको वस्ती’को कार्यक्रमका प्र्रमुख अतिथि त्रिपाठी लगायत  मञ्चासिन व्यक्तित्वहरूबाट सो कीर्तिको लोकर्पण गरिएको थियो ।
सो अवसरमा यसअघि बाँकी रहेको सम्मान तथा पुरस्कार समेत वितरण गरिएको थियो । त्यसरी सम्मानित हुनेहरूमा मदनदास श्रेष्ठ लगायत हुनुहुन्थ्यो । यसैगरी, राष्ट्रकवि माधव घिमिरेका नाउँमा पुरस्कार स्थापना गरी अक्षयकोष समेत राख्नु भएकी साहित्यकार उन्नती बोहरा शीलालाई पनि सम्मान गरिएको थियो ।
यसैगरी उक्त अवसरमा ध्रुव खनालको नयनको वस्ती कविता संग्रहको विमोचन गरिएको थियो ।
अनेसासका अध्यक्ष सन्ध्या पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजेन्द्र के.सिले स्वागत तथा महासचिव ऋिषभदेव घिमिरेले सञ्चालन गर्नु भएको थियो ।
अनेसासका आजीवन सदस्य मेनका लामाले शास्त्रीय नृत्यद्वारा स्वागत गर्नुभएको थियो ।
उपाध्यक्ष राजेन्द्र केसी नर्विरोध रुपमा अध्यक्ष चयन :
उदघाटन सत्रपछि भएको बन्द सत्रको निर्वाचन कार्यक्रममा उपाध्यक्ष राजेन्द्र केसी नर्विरोध रुपमा अध्यक्ष चयन हुनुभएको छ । १७ सदस्यीय समितिको उपाध्यक्षमा मञ्जिला शर्मा र निर्मलरमण पराजुली, महासचिव रञ्जना निरौला, सचिवमा सुशीला खड्का हसिना, कोषाध्यक्ष कमला रिसाल, सदस्यहरूमा आकाश अधिकारी, शान्तिमाया गिरी, डिआर, शान्ति न्यौपाने रिसाल, दुर्गाबहादुर शाह ‘बाबा’, सीता विष्ट कार्की, हिरण्यलाल ज्ञवाली, सुमन वर्षा, सुचिता काफ्ले, द्वारिका कुइँकेल र इन्दिरा ढकाल चयन हुनुभएको छ ।
प्रकाशित मिति २०८० भाद्र ४, सोमबार ०७:२२ गते
हजुरको प्रतिक्रिया