महेन्द्रज्योति माविद्वारा कक्षा– १२ मा व्यवस्थापन संकायतर्फ सत प्रतिशत नतिजा ल्याउन सफल

महेन्द्रज्योति माविद्वारा कक्षा– १२ मा व्यवस्थापन संकायतर्फ सत प्रतिशत नतिजा ल्याउन सफल

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ ६ गते बुधबार १०:३२

विद्यालयका प्रधानाध्यापक बुद्धिकुमार श्रेष्ठले भन्नुभयो ‘विद्यालयले उत्कष्ट नतिजा ल्याएकोमा जति खुसी छौँ, त्यति नै यो सफलतालाई आगामी वर्षमा पनि कायमै राख्न चुनौती थपिएको छ ।’

उत्कृष्ठ नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई बधाई तथा शुभकामना

शिशाघाट (तनहुँ)े– यहाँ स्थित महेन्द्र ज्योति मा.वि.ले आफ्ना विद्यार्थीलाई बधाई तथा आगामी दिनमा सफलताको शुभकामना प्रदान गरेको छ । कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूका लागि एक विशेष कार्यक्रमको आयोजना गरी बधाई तथा आगामी दिनमा सफलताको शुभकामना प्रदान कार्य भदौ ५ गते गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको जतिजा अनुसार महेन्द्र ज्योति माध्यमिक विद्यालयले यसवर्ष पनि उत्कष्ट नतिजा ल्याउन सफल भएसँगै यही कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको सो विद्यालयले जनाएको छ ।

तनहुँको शिक्षा क्षेत्रमा २०८० को वि.स. २०१४ सालदेखि सो माविले अतुलनीय योगदान दिइरहेको छ । सो बधाई कार्यक्रम व्यास नगरपालिका– ६ का वडाध्यक्ष जीवनकुमार गुरुङको प्रमुख आतिथ्यतमा गरिएको हो । सो क्रममा उहाँले आफ्नो देशमा बसेर उच्च शिक्षा हासिल गर्न विद्यार्थी वर्गलाई अभिप्रेरित गर्नुभएको थियो । यस कार्यमा आफ्नो व्यक्तिगत तथा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले ब्यक्त गर्नुभयो ।

उक्त कार्यक्रमका सभापति एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर आलेले राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा व्यवस्थापन संकायतर्फ सत प्रतिशत विद्यार्थी तथा समग्रमा ७८.२६ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण हुन सफल भएको बताउनु भयो । उहाँका अनुसार महेन्द्र ज्योति माध्यमिक विद्यालयबाट २३ जना विद्यार्थीहरू नियमिततर्फ कक्षा १२ को बोर्ड परीक्षामा सहभागी भएकोमा १८ जना समुत्रीर्ण हुन सफल भएका छन् ।

यसरी विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर आलेले कक्षा १२ मा अध्ययन अध्यापन गराउनुहुने सम्पूर्ण शिक्षक शिक्षिका तथा विद्यालय परिवारप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो । विद्यालयको नतिजा सुधार गर्नको लागि विद्यालय व्यवस्थापन समिति पनि कुशल व्यवस्थपानका साथ लागि रहेको हुनाले उहाँले आउँदा दिनहरूमा विद्यालयले अझ उत्कृष्ट नतिजा ल्याउने आशा एवं विश्वास रहेको बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक बुद्धिकुमार श्रेष्ठले शिक्षा विषयमा समेत उत्कृष्ट नतिजाका साथ विद्यार्थीहरू उत्तीर्ण हुन सफल भएको बताउनु भयो । उहाँले कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो । अबका दिन अझै चुनौतीपूर्ण रहेकाले सोचविचार गरेर अझ अगाडि बढ्नु पर्ने औल्याउनु भयो । उहाँले भन्नुभयो ‘विद्यालयले उत्कष्ट नतिजा ल्याएकोमा जति खुसी छौँ, त्यति नै यो सफलतालाई आगामी वर्षमा पनि कायमै राख्न चुनौती थपिएको छ ।’ उहाँले निरन्तर सफल बनाउन सबैको योगदान उत्तिकै रहने बताउनु भयो । विद्यालयले उत्कृष्ट पठनपाठनका साथसाथै अतिरिक्त क्रियाकलापका क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको उहाँले बताउनु भयो ।

विद्यालय व्यवस्थापन समिति सदस्य दिपकप्रसाद ढुंगाना, सहायक प्रधानाध्यापक हरिराज काफ्ले, शिक्षकहरू आनन्दराज पौडेल, फूर्तिमान बस्नेत, विमला दुरा, शिवप्रसाद ढुंगाना तथा विद्यार्थीहरू नलेज विश्वकर्मा लगायतले शुभकामना तथा बधाई ज्ञापन गर्नु भएको थियो ।

सो अवसरमा बोर्ड परीक्षामा ३.५० जिपिए सहित प्रथम स्थान हासिल गर्न सफल विद्यार्थी प्रवेन्द्र विश्वकर्माले आफ्नो अनुभूति सहित विद्यार्थीहरूलाई हौसला र प्रेरणा प्रदान गर्ने कार्य गर्नुभएको थियो ।

रमेशचन्द्र घिमिरेबाट ।

प्रकाशित मिति २०८० भाद्र ६, बुधबार १०:३२ गते
हजुरको प्रतिक्रिया