धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु, १७ घाइतेको उद्धार

धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु, १७ घाइतेको उद्धार

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ ६ गते बुधबार ०२:२५

बस दुर्घटनामा परी आठ जनाको घट्नास्थलमै मृत्यु भएको र मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन् । सनाखत हुन बाँकी छ ।

१३ जनालाई काठमाडौं पठाइयो, चारजनाको स्थानीयस्तरमै उपचार

गजुरी(धादिङ)– धादिङको गजुरी गाउँपालिका– २ मा भएको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरूको पहिचान खुलिसकेको छैन । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जान हिडेको बस भदौ ६ गते दुर्घटनामा परेको हो ।
घटनास्थलबाट १७ जनाको उद्धार गरेको प्रहरीले जनाएको छ । तीमध्ये चार जनाको धादिङकै राजमार्ग अस्पताल अन्य १३ जनालाई थप उपचारका लागि काठमाडौं पठाउने काम भएको प्रहरी भनाइ छ । सो बस बिहान ७ बजे काठमाडौंबाट छुटेको थियो ।
प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ः १० बजे दुर्घटनामा परेको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताउनु भयो । उहाँका अनुसार बस सडकबाट खसेर त्रिशूली नदीमा पुगेको छ । उहाँका अनुसार नदीबाट २३ जनाको उद्धार गरिएकोमा आठजनाको मृत्यु भएको छ । बाँकी १५ जनाको स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको छ ।
बस दुर्घटनामा परी आठ जनाको घट्नास्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन् ।
घाइते पाँच जनालाई काठमाडौं पठाइएको गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘गजुरी– २ को चालिसेमा पर्ने छहरा झरना नजिकैबाट त्रिशुलीमा बस खसेको हो । बसको आधा भाग पानीमा डुबेको छ । उहाँले भन्नुभयो, दुर्घटनामा परेको बसमा २३ जना यात्रु सवार रहेको पाइएको छ ।
राजमार्गबाट करिब ४० मिटर तल खसेको धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवालले जानकारी दिनु भएको छ । उहाँका अनुसार घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त खोज तथा उद्धार टोलीले वेपत्ता ७ जनाको खोजीकार्य गरिरहेको जानकारी प्रहरीले दिएको छ । उद्धार कार्यमा सशस्त्र प्रहरी बल विपद् तालिम शिक्षालय कुरिन्टारबाट सामूहिक हताहत वाहनसहित सशस्त्र प्रहरीको टोली पुगेको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । उहाँले भन्नुभयो, ‘ओभरटेक गर्ने क्रममा त्रिशूलीमा बस खसेको प्रहरीले अनुमान गरेको छ ।’

त्यति लामो रुटको बसमा २३ जनामात्र यात्रु थिए भन्ने आधिकारिता छैन । किनकि, ८ जनाको शव र १७ जनाको उपचार भन्ने वित्तिके यो संख्या २५ हुन्छ । अतः केही यात्रुलाई नदीले बगाएको आंकलन गर्नु स्वभाविक हो । बसका चालक, सहचाकसमेत फेला नपरेका कारणले यात्रु संख्या एकिन हुन नसकेको हो ।

प्रकाशित मिति २०८० भाद्र ६, बुधबार १४:२५ गते
हजुरको प्रतिक्रिया