आज अर्को बस दुर्घटनाका ७ जनाको मृत्यु, सबैको सनाखत, ६ जना भारतीय नागरिक

आज अर्को बस दुर्घटनाका ७ जनाको मृत्यु, सबैको सनाखत, ६ जना भारतीय नागरिक

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ ७ गते बिहिबार ११:३२

दुर्घटनामा घाइते भएका अन्य १७ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार हुँदै दुर्घटनापछि फरार रहेका बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका– २२ चुरियामाईमा तीर्थयात्री...

दुर्घटनामा घाइते भएका अन्य १७ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार हुँदै
दुर्घटनापछि फरार रहेका बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका– २२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस गए राति करिब १ बजेको समयमा दुर्घटना भएको भदौ ७ गते खुलासा भएको हो ।
उक्त दुर्घटनामा मृत्यु हुनेहरूमा ६ जना भारतीय नगरिकहरू र एक जना नेपाली रहेको बाराका डिएसपी दलिराम न्यौपानेले बताउनु भयो । उहाँका अनुसार मृत्यु हुनेमा महोत्तरीको लोहारपटी नगरपालिका ५ का ४१ वर्षीय विजय लाल पण्डित, भारतको राजस्थानका ७०वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ६७ वर्षीया बैजन्ती देवी र ६५ वर्षीया मिरा देबी रहेको सो वसमा २६ जना तिर्थालु रहेका थिए । उहाँले भन्नुभयो, ‘बस आज बिहान साढे २ बजे बाराको जितपुरसिमरा उपमहानगरपालिका– २२ स्थित पूर्वपश्चिम राजमार्गको चुरीयामाई मन्दीर नजिकै सडकबाट १५ मिटर तल खसेको थियो ।’
दुर्घटनामा घाइते भएका अन्य १७ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य भएका केहीको भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १९ जना घाइते छन् । दुर्घटनापछि फरार रहेका बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
घाइतेहरूको विवरण र अवस्था :
१. चुरेहिल अस्पताल हेटौडामा ४८ वर्षीय भारतीय नागरिक घनश्याम चतुरबेदीको खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको, अवस्था मध्यम ।
२. सरकारी अस्पताल हेटौंडामा धनुषाको मौवा गाउँपालिका– १८ का ४१ वर्षीय घुरन मण्डलको बाया घुडा, कम्मरमा चोट (डिश्चार्ज) । महोत्तरी लोहारपट्टी नगरपालिका– ५ का २६ वर्षीय जसबेन्दर पासवानको ढाड÷दाहिने हातमा चोट– डिश्चार्ज भएका छन् ।
३. ५३ वर्षीय भारतीय नागरिक माया देबीको दाहिने कुममा चोट – मध्यम अवस्था, ३५ वर्षीय भारतीय नागरिक अनिल कुमारको टाउकोमा चोट– मध्यम अवस्था, ५० वर्षीय भारतीय नागरिक तारावती चतुरबेदीको निधार÷कम्मरमा चोट– मध्यम अवस्था छ ।
४. मध्यम अवस्थामा रहने अन्यमा ४८ वर्षीय भारतीय नागरिक श्यामलाल मालीको बाया खुट्टा÷छातिमा चोट, ४७ वर्षीय भारतीय नागरिकको हरवारी मालीको टाउकोमा÷ढाडमा चोट, ७० वर्षीया भारतीय नागरिक चौथी देबीको दाहिने खुट्टा÷छातिमा चोट, ७२ वर्षीय भारतीय नागरिक सुरेस चन्द्र चक्रवतीको दाहिने खुट्टा÷बाया कुममा चोट, ६३ वर्षीय भारतीय नागरिक धरम सिंहको निधार÷छाति÷बाया खुट्टा फ्याक्चर, ६० वर्षीया भारतीय नागरिक इन्दु धाकद निधार÷छातिमा चोट, १६ वर्षीया भारतीय बालिका गर्बिदा चतुरबेदीको ढाड÷छातिमा चोट, ५४ वर्षीय भारतीय नागरिक रामकुमार चतुरबेदीको बाया घुडा÷छातिमा चोट रहेको छ ।
यसैगरी, सन्चो अस्पताल हेटौडामा महोत्तरीको जलेश्वरका ३८ वर्षीय बिहारी मुखीयाको मुखमा चोट बाया खुट्टा भाचिएको अवस्था मध्यम छ भने पुरानो मेडिकल कलेज भरतपुरमा ७३ वर्षीय भारतीय नागरिक रामप्रसाद पिको छाति÷पेटमा चोट छ र उहाँको अवस्था गम्भीर छ ।
त्यस्तै, ९ वर्षीया भारतीले बालिका क्रितिका चतुरबेदीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताउनु भयो ।

प्रकाशित मिति २०८० भाद्र ७, बिहीबार ११:३२ गते
हजुरको प्रतिक्रिया