बेसीशहर– नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमजुङद्वारा तीन दिने संस्थागत क्षमता विश्लेण कार्यशालाको एक कार्यक्रमका बीच समापन भएको छ । भदौ ४ गते सो कार्यशाला भदौ ६ गते समापन गरिएको हो ।
जिल्ला सदरमुकाम वेसीशहरमा सञ्चालन गरिएको Branch Organizational capacity assessment कार्यशाला सम्पन्न गरिएको हो । कार्यशालामा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कर्यालयबाट सहजकर्ता रुपमा रेशम खड्का र रमा ढकाल रहनु भएको थियो । सो कार्यशालामा रेडक्रसका शाखा तथा उपशाखाहरू तथा युवा रेडक्रसले आउँदो तीन वर्षे योजना निर्माण गर्ने र हालसम्म संस्थाको अवस्था विश्लेण गर्न ३५ वटा सूचकहरूमा छलफल गरी मार्किङका साथ विश्लेषण गरिएको थियो ।
सो अवसरमा सूचकहरूमा रेडक्रसका सात सिद्धान्त, झण्डा, जिल्ला सभा अधिवेशन, स्वयम्सेवक तथा कर्मचारीको सुरक्षा, स्वयम्सेवकको अभिलेख, बन्दोबस्ती, योजना अनुगमन तथा मूल्यांकन, नेतृत्व क्षमता, अभिलेख, प्रतिवेदन सञ्चार तथा नियमित गतिविधि आदि मुख्य रहेको उल्लेख गरिएको थियो ।
आगामी दिनमा राट्रिय सोसाइटीको आठौं विकास योजनासंग तालमेल हुने गरि तीन वर्षे योजना निर्माण गर्ने लक्ष्य लिएको छ । उक्त कार्यशालामा रेडक्रसको अन्तराष्ट्रिय समितिको सहयोगमा नेपाल स्थित प्रतिनिधि खेमराज नेपाल र नेपाल रेडक्रस सोसाइटी केन्द्रका कार्यक्रम अधिकृत अनिता अधिकारीको अनुगमनमा सञ्चालन भएको हो ।
सम्पन्न कार्यशालाले आगामी दिशा निर्देशन गर्नुको साथै जिल्लाको हालसम्मको आवस्था विश्लेष्ण गरि अघि वढ्का लागि रेडक्रसको अन्तराष्ट्रिय समितिले आर्थिक सहयोग र समन्वयकारी भूमिका खेलेकोमा धन्यवाद ज्ञापन गदै शाखाका सभापति ऋषिराम घिमिरेले कार्यक्रमको समापन गर्नु भएको थियो ।
सो कार्यशालामा नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति, उपशाखा, युवा रेडक्रस सर्कल, कर्मचारी सहित ३० जना सहभागी रहेका थिए ।
प्रकाशित मिति २०८० भाद्र ८, शुक्रबार ०५:४२ गते