ड्युटीमै रहेका बेला प्रहरी निरीक्षक कटुवाल माथि बञ्चरो प्रहार

ड्युटीमै रहेका बेला प्रहरी निरीक्षक कटुवाल माथि बञ्चरो प्रहार

एजेन्सी

@antaranganews

२०८० भदौ ८ गते शुक्रबार ०७:५६

प्रहरीले तीन जना सवार मे ४ प २७५१ नं. को मोटरसाइकल लापरबाही हिसाबले चलाएकोले रोकेर किन यसरी चलाएको भनी सोधपुछ गर्ने क्रममा मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने वर्ष ३६ का अशोक पोखरेलले अचानक लुकाएर ल्याएको बञ्चरोले कटुवालको टाउकोमा प्रहार गरेका थिए ।

घाइते कटुवालको टाउकोमा ८ टाँका र हातको औलामा ३ टाँका लगाइएको छ

झापा– सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवम् प्रहरी निरीक्षक युवराज कटुवाल माथि ड्युटीमै रहेका बेला बञ्चरो प्रहार प्रहार भएको छ । शिव सताक्षी नगरपालिका– ९ झरना खोला पुलनजिक मोटरसाइकलमा आएका तीन जनामध्य एकले उहाँलाई भदौ ७ गते साँझ ७ बजेतिर बञ्चरो प्रहार गरी घाइते बनाएका हुन् ।
तीन जना युवा सवार एउटा मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बञ्चरोले कटुवाललाई अचानक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताउनु भयो । उहाँका अनुसार झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएका थिए ।
उहाले भन्नुभयो, ‘घाइते प्रहरी निरीक्षक कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको छ । बिर्तामोडको बिएण्डसी अस्पतालमा उहाँको उपचार भइरहेको छ ।’
घाइते कटुवालको टाउकोमा ८ टाँका र हातको औलामा ३ टाँका लगाइएको अस्पतालले जनाएको छ ।
प्रहरीले तीन जना सवार मे ४ प २७५१ नं. को मोटरसाइकल लापरबाही हिसाबले चलाएकोले रोकेर किन यसरी चलाएको भनी सोधपुछ गर्ने क्रममा मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने वर्ष ३६ का अशोक पोखरेलले अचानक लुकाएर ल्याएको बञ्चरोले कटुवालको टाउकोमा प्रहार गरेका थिए ।
आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ । मोटरसाइकल चालक सोही ठाउँ बस्ने वर्ष– ३२ का विकास भन्ने अरुण तामाङ र बीचमा सवार सोही ठाउँ बस्ने वर्ष ३३ का लक्ष्मण टुडू, बन्चरो हान्ने पोखरेलसहित ३ जना, मोटरसाइकल र बञ्चरो नियन्त्रणमा लिइ इप्रका झिलझिलेमा ल्याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनु भयो । उहाँका अनुसार आक्रमणमा संलग्न युवा मादकपदार्थ सेवन गरेर लठ्ठ भई मोटरसाइकलमा सवार रहेको प्रहरीको भनाइ छ ।
साँझ ६.५० बजेको समयमा केही व्यक्ति लागूऔषध ब्राउनसुगर सेवन गरिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा इप्रका झिलझिलेबाट प्रहरी निरीक्षक कटुवालको कमान्डमा सादा पोशाकमा खटिएको टोली प्रहरी खटिएको बेला सो घट्ना भएको थियो ।

प्रकाशित मिति २०८० भाद्र ८, शुक्रबार ०७:५६ गते
हजुरको प्रतिक्रिया