
सुन्दरबजार(लमजुङ)– लमजुङमा पौडी खेल्ने क्रममा एक १० वर्षीय बालकलाई स्थानीय पाउँदी खोलाले बगाएर मृत्यृ भएको प्रहरीले जनाएको छ । सुन्दरबजार नगरपालिका– ६ का १० बर्षीय समर्पण परियारको पाउँदी खोलामा सो क्रममा भदौ ८ गते दिउसो निधन भएको हो ।
परियार दिउसो १ः४५ बजे तिर स्थानीय पाउँदी खोलामा एक जना साथीको साथमा पौड खेल्नी नमूना सामुदायिक हस्पिटल नजिक चिफ्लेटी गएका थिए । उनका साथी पौडी खेल्ने क्रममा साथीलाई खोलाले बगाएपछि खोलाको किनार किनारै गुहार माग्दै साथी पछि पछि गएका थिए । अन्दाजी पाँच सय मिटर तल पाउँदी र नाउँदीको दोभान नजिक पुर्याएपछि स्थानीयको सहयोगमा परियारलाई उद्दार गरिएको थियो । उद्दार गर्ने क्रममा नै उनको मृत्यृ भइसकेको सुन्दरबजार नगरपालिका– ६ का वडा अध्यक्ष दिनेशबाबु कोइरालाले बताउनु भयो । उहाँका अनुसार बालकको उद्दार गरि स्थानीयले ईलाका प्रहरी कार्यलय सुन्दरबजारमा खबर गरेका थिए । लमजुङ भएर बग्ने पाउँदी खोला र तनहुँ भएर बग्ने नाउँदी खोलाको दोभानमा तनहुँ पट्टि शव उत्रेको हुँदा त्यसको थप कारवाहीका लागि ईलाका प्रहरी चौकी रुपाकोटलाई खबर गरिएको थियो ।
सो खबर पाए लगत्तै सुन्दरबजार नगरपालिका– ६ का वडा अध्यक्ष दिनेशबाबु कोइराला सहित जनप्रतिनिधि स्थानीयहरू घटना स्थल पुगेका थिए । ती बालक स्थानीय आदर्श प्रा. वि. सिमलचौरमा पढ्ने र बिदा र गर्मीको समय भएको हुँदा पौडी खेल्न जाँदा खोलाको बहाब बढी भएकाले यो घटना घटेको वडाध्यक्ष कोइरालाले बताउनु भयो ।
मृतक बालक स्थानीय ऐसेलु चौर बस्ने रामशरण परियारका छोरा भएको ईलाका प्रहरी कार्यलय सुन्दरबजारका बरिष्ठ सहायक नायब निरीक्षक रामकृष्ण अधिकारीले बताउनु भयो । उहाँका अनुसार शवको उद्धार कार्य तनहुँतर्फ भएकाले कानुनी प्रक्रिया अनुसार तनहुँबाटै घटना स्थल मुचुल्का गर्नु पर्ने भएकाले ईलाका प्रहरी भानुबाट ईलाका प्रहरी कार्यालय भानुका ईन्सपेक्टर सुशील घिमिरेको कमाण्डमा टोली परिचालन भएको छ । उहाँले भन्नुभयो, ‘हामी घटना स्थलको सुरक्षा गरेर बसिरहेका छौं ।’ यहाँ घटना स्थलमा परिवार, जनप्रतिनिधिहरूको उपस्थिति रहेको छ । पानी परिरहेकोले खोलाको बहाब अझै बढ्ने क्रममा रहेको हुँदा खोला वरपर बस्नेलाई सचेत भएर बस्नुहुन सबैलाई आग्रह गरिएको पनि अधिकारीले बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय भानुका ईन्सपेक्टर सुशील घिमिरेले पिडितको सहजताको लागि शव पोष्ट मार्टम गर्न जिल्ला अस्पताल बेसीशहर पठाउने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बिदाको समयमा साथी सहित उनी खोलामा पौडी खेल्न आउदा यो घटना घट्न पुगेको हो ।
मृतक बालक समर्पण परियार कक्षा ४ मा पढ्ने आदर्श प्रा.वि.का प्र.अ. शोभा ढुङ्गानाले बताउनु भयो । उहाँका अनुसार उनी पढाईमा मध्यम थिए । विद्यालयमा आइतबारबाट सञ्चालन हुने परीक्षाको लागि आज तयारी बिदा थियो ।
अन्तरङ्गसंग कुरा गर्दै ईलाका प्रहरी कार्यालय भानुका ईन्सपेक्टर सुशील घिमिरेले पिडित परिवारको सहजताको लागि शब पोष्ट मार्टम गर्न लमजुङ अस्पताल बेसीशहर पठाउने तयारी गरिरहेको जानकारी दिनुभयो ।
प्रकाशित मिति २०८० भाद्र ८, शुक्रबार १७:३६ गते