सत्ता र प्रमुख विपक्षी दलद्वारा संसदमा रास्वपालाई वाईपास गरिएपछि सबै संसदीय समितिमा उमेदवारी दिने तयारी

सत्ता र प्रमुख विपक्षी दलद्वारा संसदमा रास्वपालाई वाईपास गरिएपछि सबै संसदीय समितिमा उमेदवारी दिने तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ ९ गते शनिवार ०६:४४


सत्ता र प्रमुख प्रतिपक्षबीच संसदीय समितिको भागबण्डा हुँदा राष्ट्रिय मान्यता प्राप्त रास्वपा र राप्रपालाई बाइपास गरिएकोसँग रास्वपाले सो निर्णय गरेको हो ।

भदौ ११ गते ३ बजे सभापति चयन गर्ने गरी कार्यतालिका छ ।

काठमाडौं– संसदमा ठूला भनिने तीन दलको हैकमवादी रबैयाका विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै विषयगत समितिको सभापतिमा उमेदवारी दिने निर्णय गरेको छ । रास्वपाको संसदीय दलको बैठकले भदौ ८ गते त्यस्तो निर्णय गरेको हो ।
आफ्नो क्षमताले भ्याउने विषयगत समितिको सभापतिमा उमेदवारी दिने निर्णय गरेको छ । समिति सभापतिमा उमेदवारी दिन उमेदवारसहित प्रस्तावक र समर्थक गरी तीनजना अनिवार्य चाहिने भएकाले रास्वपाले आफ्नो क्षमताले भ्याउने सबै समितिमा सभापतिका लागि उमेदवारी दिने निर्णय गरेको हो । संसदीय समितिको सभापतिका लागि भदौ ११ गते हुँदैछ ।
सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले क्षमताले पुग्ने समितिमा नेतृत्वका लागि उमेदवारी दिने र क्षमता नपुग्ने समितिका लागि आन्तरिक छलफल गर्ने निर्णय भएको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘समिति सभापतिका लागि उम्मेदवार दिने वा नदिने भन्नेबारे बैठकले टुंगो लगाउने छ ।’ पार्टीको आगामी संसदीय अभ्यास र विविध विषयमा छलफल हुने निर्णय गरेको उहाँको भनाइ छ ।
भदौ ११ गते ३ बजे सभापति चयन गर्ने गरी कार्यतालिका प्रकाशन भएको छ ।
सो अवसरमा बैठकमा पार्टी सभापति रवि लामिछानेले लम्पी स्किनसम्बन्धी सार्वजनिक महत्त्वको विषय भदौ १७ गतेपछि बस्ने संसद्को बैठकमा छलफल गर्ने निर्णय गरेको बताउनु भयो । उहाँका अनुसार बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल भएको थियो ।
स्मरणीय छ, सत्ता र प्रमुख प्रतिपक्षबीच संसदीय समितिको भागबण्डा हुँदा राष्ट्रिय मान्यता प्राप्त रास्वपा र राप्रपालाई बाइपास गरिएकोसँग रास्वपाले सो निर्णय गरेको हो ।

प्रकाशित मिति २०८० भाद्र ९, शनिबार ०६:४४ गते
हजुरको प्रतिक्रिया