क्विन्टल किलो सुन तस्करी काण्डको अनुसन्धानमा इन्टरपोलको सहयोग माग्यो नेपाल प्रहरीले

क्विन्टल किलो सुन तस्करी काण्डको अनुसन्धानमा इन्टरपोलको सहयोग माग्यो नेपाल प्रहरीले

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ ९ गते शनिवार ०७:१३

पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’को हिरासतमा अहिले ७ जना चिनियाँ नागरिक छन् ।

उक्त सुन काण्डमा हालसम्म ‘सीआईबी’को हिरासतमा अहिले ७ जना चिनियाँ नागरिक छन् भने पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

काठमाडौं– अन्ततः क्विन्टलबाट ६० किलोमा झरेको सुन तस्करी काण्डको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)सँग सहयोग मागेको छ । सीआईबीले इन्टरपोल बेइजिङमार्फत हङकङ सब–ब्यूरो र भारतको नेश्नल सेन्ट्रल ब्यूरो (दिल्ली) लाई सहयोग माग्दै भदौ ८ गते पत्राचार गरेको हो ।
नेपालमा सुनसहित पक्राउ परेका चिनियाँ नागरिकहरू यसअघि भारतमा पनि पक्राउ परेको सूचना प्रहरीले पाएसँगै नेपाल प्रहरीले इन्टरपोल)सँग सहयोग मागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर ३ साउनमा बरामद सुन हङकङबाट आएको थियो । त्यसैले सुन पठाउने व्यक्तिहरू र त्यहाँको थप नेक्ससबारे सूचना प्रहरीले हङकङस्थित इन्टरपोलका अधिकारीहरूको सहयोग मागेको हो ।
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको अनुसन्धान गर्ने जिम्मेवारी साउन २१ मा सीआईबीलाई दिएको थियो ।
असार ३० गते हङकङकबाट काठमाडौं ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको हो । गिरोहले सुन भारत पठाउन खोजेको ब्युरोको अनुसन्धान निष्कर्ष छ । त्यसै कारण सो सुन काण्डबारे अनुसन्धान गर्न ब्युरोले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’को सहयोग मागेको छ ।
नेपालमा बरामद सुनको गन्तव्य भारत भएकाले त्यहाँ अधिकारीहरूसँग पनि सहयोग मागिएको अनुसन्धानमा संलग्न एक अधिकृतले जानकारी दिए । उनले भने, ‘हङकङ, नेपाल र भारतबीच ‘त्रिदेशीय सङ्गठित समूह’ भेटिएपछि यसबारे अनुसन्धानमा सहयोगका लागि इन्टरपोललाई पत्राचार गरिएको हो ।’
भारतको राजश्व अनुसन्धान निर्देशनालयले चलाएको अपरेशनमा विभिन्न सामग्रीभित्र राखेर आएको सुन बरामद भएको थियो । त्यसबेला हाल नेपालमा पक्राउ परेका चिनियाँ नागरिकहरूमध्ये नै पक्राउ परेको प्रहरीले प्राम्भिक विवरण फेला पारेको छ ।
सो प्रकरणमा चिनियाँ नागरिकहरू ओ फुछङ्, ली वन् सुङ, डिङ सेल्फा, ली नेङ्काई लगायतलाई प्रहरीले पक्राउ गरेको छ । सेल्फा र नेङ्काईलाई प्रहरीले ललितपुरको डाउन टाउन अपार्टमेन्टमा छापा मारेर पक्राउ गरेको थियो ।
उनीहरूसँगै बस्ने प्रबन्ध मिलाइदिने ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्टका दुई सञ्चालक पनि हिरासतमा छन् । रेष्टुरेन्ट ठमेलको होटल भियना नजिकै छ ।
पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’को हिरासतमा अहिले ७ जना चिनियाँ नागरिक छन् । उनीहरू डिङ सेग्फा, ली–नेङकाई, टीयान मि, वेन तोङ, जीक्वाङ लिन, याओ पुचेङ्ग र ली वेन सुङ्ग हुन् ।
उक्त सुन काण्डमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।
स्मरणीय छ, सिविआईको अनुसन्धान चलिरहेको बेलामा प्र्रमुख विपक्षी दलले त्यसका आशंका गर्दै संसदीय उच्चस्तरीय छानविन समितिको माग गर्दै एक महिनासम्म संसद अवरुद्ध गरेका कारण सो समिति बन्ने निर्णय राष्ट्रिय मान्यता प्राप्त दलले गरिसकेका छन् । त्यो निर्णयले सिविआईलाई चुनौति थपिदिएको छ ।

प्रकाशित मिति २०८० भाद्र ९, शनिबार ०७:१३ गते
हजुरको प्रतिक्रिया