सोही वडाको बेसीभाचोक स्थित सामुयिक भवनको सभाहलमा आयोजित सो भेलाको रास्वपाको निर्वाचन क्षेत्र समितिका सदस्य एवम् बेसीशहर नगरपालिका– ६ का वडाध्यक्ष प्रकाश थापाद्वारा सञ्चालित थियो ।
भेलाद्वारा छ जना नगरसदस्य चयन गर्नुका साथै सुलजङ्ग तामाङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन
लमजुङ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बेसीशहर नगर समितिले सो नगरपालिका– १० मा वडा समिति गठन गरेको छ । रास्वपाका नगर सभापति कृष्ण राउतको अध्यक्षतामा भएको भेलाले वडाको तदर्थ समिति भदौ ९ गते गठन गरेको हो ।
सोही वडाको बेसीभाचोक स्थित सामुदायिक भवनको सभाहलमा आयोजित सो भेलाको रास्वपाको निर्वाचन क्षेत्र समितिका सदस्य एवम् बेसीशहर नगरपालिका– ६ का वडाध्यक्ष प्रकाश थापाले सञ्चालन गर्नु भएको थियो । भेलामा निर्वाचन क्षेत्र समितिका अर्का सदस्य एवम् सो दलको लमजुङ– काठमाडौं सम्पर्क समितिका संयोजक भोला शर्मा, बेसीशहर नगरपालिका– ८ का सभापति धु्रव ढकाल, रास्वपाका सदस्य एवम् वरिष्ठ पत्रकार नवराज पहाडी सहितले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
भेलाले छ जना नगरसदस्य चयन गर्नुका साथै सुलजङ्ग तामाङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । त्यस कार्यक्रमको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..