राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सुन्दरबजार– २ मा वडा समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सुन्दरबजार– २ मा वडा समिति गठन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ ९ गते शनिवार ०६:१३

सुन्दरबजार नगर समितिका सभापतिको अध्यक्षतामा भएको भेलाको जिल्ला सहसंयोजक अशोक सापकोटोले घण्टी बजाएर भेलाको उदघाटन गर्नु भएको थियो ।

हेमन्त भड्खलेको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन

सुन्दरबजार(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टीको सुन्दरबजार नगरपालिका– २ मा वडा समिति विस्तार भएको छ । सुन्दरबजार नगर समितिको आयोजनामा भएको भेलाले वडा समिति भदौ ९ गते गठन गरेको हो ।
भेलाको जिल्ला सहसंयोजक अशोक सापकोटाले घण्टी बजाएर भेलाको उदघाटन गर्नु भएको थियो ।

सो अवसरमा उहाँले पार्टीका विद्यमान गतिविधिका साथै समसामयिक विषयबारेमा प्रकाश पार्नु भएको थियो । सापकोटाले पार्टीले लिएको मिसन २०८४ बारेमा समेत जानकारी दिनु हुँदै पार्टीको सिद्धान्त, लक्ष्य एवम् उद्देश्यका बारेमा जानकारी दिनु भएको थियो ।

सुन्दरबजार नगर समितिका सभापति श्याम के.सी.को अध्यक्षतामा भएको थियो । सभाध्यक्ष के.सी.ले स्वागत मन्तव्य समेत व्यक्त गर्नु हुँदै भेलाको उद्देश्यमा प्रकाश पार्नु भएको थियो ।
उक्त भेलाको सञ्चालन नगरका सचिव राजेन्द्र अधिकारीले गर्नु भएको थियो । उहाँका अनुसार हेमन्त भड्खलेको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरेको छ ।

 

वडा समितिको उपसभापतिमा सुन्दर श्रेष्ठ, सचिव मीना श्रेष्ठ चयन हुनुभएको छ । यसैगरी सदस्यहरूमा प्रजा अधिकारी, रामप्रसाद सेढाइँ, कृष्णप्रसाद दनाई, गठीस सेढाई, दिलबहादुर खड्का, हिरामान श्रेष्ठ, दीपक खड्का, नारायणकुमार मग्राती चयन हुनुभएको सो दलका जिल्ला सहसंयोजक अशोक सापकोटाले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०८० भाद्र ९, शनिबार १८:१३ गते
हजुरको प्रतिक्रिया