विश्व हिन्दू महासंघ जिल्ला शाखाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइयो

विश्व हिन्दू महासंघ जिल्ला शाखाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइयो

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ १० गते आईतबार ०४:४६

अरुको धार्मिक आस्थामा चोट पुर्याउने र कानुन विपरीत कार्य गर्दै राज्यलाई नै चुनौती दिने खालका क्रियाकलाप गर्ने विरुद्ध कानुनी कारवाही गरी सबै जातजाति धर्म संस्कृतिको संरक्षण र सम्मान गर्न नेपाल सरकार समक्ष विश्व हिन्दु महासंघ जोडदार माग गर्दछ ज्ञापन पत्रमा भनिएको छ ।

सोही घट्नाको विरोधमा भोलि ११ गते बेसीशहरमा सदभाव र्याली गरिने विश्वहिन्दू महासंघले जनाएको छ ।

बेसीशहर– विश्व हिन्दू महासंघ लमजुङ शाखाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ । धार्मिक आस्थामा चोट पुर्याउने र कानुन विपरीत कार्य गर्दै राज्यलाई नै चुनौती दिने खालका क्रियाकलाप गर्ने विरुद्ध कानुनी कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीमार्फत ज्ञापन पत्र भदौ १० गते बुझाइएको हो ।
विश्व हिन्दू महासंघ लमजुङ शाखाका अध्यक्ष शालिग्राम अधिकारीद्वारा हस्ताक्षरित सो ज्ञापन पत्रमा सामाजिक सद्भावमा विद्वेष फैलाउने अरुको धार्मिक आस्थामा चोट पुर्याउने र कानुन विपरीत कार्य गर्दै राज्यलाई नै चुनौती दिने खालका क्रियाकलाप गर्ने विरुद्ध कानुनी कारवाही गरी सबै जातजाति धर्म संस्कृतिको संरक्षण र सम्मान गर्न नेपाल सरकार समक्ष विश्व हिन्दु महासंघ जोडदार माग गर्दछ भनिएको छ ।
सो ज्ञापन पत्रमा यसअघि ‘नेपाल बहुजाती बहु धर्म बहु भाषा र संस्कृतिको साझा फुलबारी हो । सनातनदेखि चलि आएको वैदिक सभ्यता, बौद्ध र किरात दर्शनको सम्भावना आपसी सदभावको साथ अगाडि बढिरहेको नेपालीहरूको रहनसहन परम्परामा धर्म निरपेक्ष राष्ट्र भएको भनि इसाइहरूले आफ्नो प्रभाव जमाउँदै जान थाले पछि हामी नेपालीहरूको सदभावमा विखण्डको विजारोपण मात्र भएन यसको असर र प्रभावले जातीय, धार्मिक र सांस्कृतिक द्वन्द्र मौलाउँदै जान थालेको स्पष्ट देखिन्छ भनिएको छ ।
त्यस्तै, विगत केही दिनदेखि संविधान विरुद्ध गाइगोरु काटेर खान पाउनुपर्छ भनी सार्वजनिक रूपमै गरिएका अवान्छित क्रियाकलाप र धार्मिक स्थलहरूमा विवाद खडा गरि सद्भाव विथोल्ने कार्य हुँदै आएकोमा विश्व हिन्दु महासंघ जिल्ला शाखा लमजुङको गम्भिर ध्यानाकर्षण भएको छ । यसको विरोधमा सनातन धर्म संस्कृतिको गौरवमय स्थान सुनसरीको धरानमा गौ रक्षा एवम् सनातन संस्कृतिको रक्षाको लागि आयोजना भएको बृहत शान्ती सदभाव यात्राप्रति विश्व हिन्दु महासंघ लमजुङको पूर्ण ऐक्यवद्धता रहेको जानकारी गराउन चाहन्छौं ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सो ज्ञापन पत्र बुझ्नुहुँदै प्रजिअ अधिकारीले यहाँहरूले ज्ञापनपत्रमा उल्लेख गर्नु भएजस्तै सामाजिक सद्भावलाई मर्यादित बनाउने कार्यमा भोलिका दिनमा पनि सहयोग रहने छ भन्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले सो ज्ञापन पत्र आजै सम्बन्धित निकायमा पठाउने समेत बताउनु भयो ।
त्यसअघि विश्व हिन्दू महासंघ लमजुङ शाखाका अध्यक्ष शालिग्राम अधिकारीले ज्ञापनपत्र दिन पर्नुको कारण तथा उद्देश्यमा प्रकाश पार्नु भएको थियो ।
सो ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालयमा विश्व हिन्दू महासंघ लमजुङ शाखाका उपाध्यक्ष सोमराज बराल, कोषाध्यक्ष राजकृष्ण पौडेल, रामबहादुर रानाभाट, धना दनाई,, महेश्वर बराल, जीवन दनाई, रेमश खड्का, अनुप पौडेल, रधु पौडेल लगाययका सदस्यहरूको सहमागिता रहेको थियो ।

यसैबीच, सोही घट्नाको विरोधमा भोलि ११ गते बेसीशहरमा सदभाव र्याली गरिने विश्वहिन्दू महासंघले जनाएको छ ।

प्रकाशित मिति २०८० भाद्र १०, आईतवार १६:४६ गते

हजुरको प्रतिक्रिया