१५ दिन नबित्दै बढाइयो इन्धनको मूल्य : एलपी ग्यासमा एकैपटक २३५ रुपैयाँ वृद्धि

१५ दिन नबित्दै बढाइयो इन्धनको मूल्य : एलपी ग्यासमा एकैपटक २३५ रुपैयाँ वृद्धि

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ १५ गते शुक्रबार ०९:३६

इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य आएकाले नेपालमा पनि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढाइएको निगमको दावी छ ।

खाना पकाउने ग्यासको भाउ भने सबैतिर एक हजार ८ सय ९५ रूपैयाँ प्रतिसिलिन्डर पर्ने

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य १५ दिन नबित्दै फेरि बढाउने काम गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढाइएको छ । साविकको खुद्रा बिक्री मूल्यमा प्रतिसिलिन्डर एकैपटक २३५ रुपैयाँले भदौ १४ गतेदेखि लागू हुने गरी वृद्धि गरिएको हो ।
यस अघि निगमले साउन ३० गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । भदौ १४ गते राति बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । खाना पकाउने ग्यासको भाउ भने सबैतिर एक हजार ८ सय ९५ रूपैयाँ प्रतिसिलिन्डर पर्नेछ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको जनाएको हो । अब काठमाडौंमा पेट्रोललाई प्रतिलिटर १८२ र डिजेल तथा मट्टीतेललाई १७० रुपैयाँ पर्ने छ ।
इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य आएकाले नेपालमा पनि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढाइएको निगमको दावी छ ।
नयाँ मूल्य गए रातिबाट लागु भएको हो ।

प्रकाशित मिति २०८० भाद्र १५, शुक्रबार ०९:३६ गते
हजुरको प्रतिक्रिया