लमजुङमा आयोजित १६ औं राष्ट्रिय पुस्तकालय दिवसको फोटो फिचर

लमजुङमा आयोजित १६ औं राष्ट्रिय पुस्तकालय दिवसको फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ १५ गते शुक्रबार ०५:२१

सो प्रतियोगितामा ९ माविका १७ जनाले भाग लिएको सो कार्यक्रममा पुस्तकालयका अध्यक्ष सुयल, निर्णायक समितिका संयोजक शालिग्राम अधिकारी, पुस्तकालयका सल्लाहकार तेजनारायण अधिकारी, वरिष्ठ उपाध्यक्ष नारायण घिमिरे लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

दिवसमा सञ्चालित जिल्लाव्यापी अन्तर मावि निवन्ध लेखन प्रतियोगितामा विद्याविकास आमाविका अपूर्वराज पहाडी पहिलो

सो प्रतियोगितामा ९ माविका १७ जनाले भाग लिएको सो कार्यक्रममा पुस्तकालयका अध्यक्ष सुयल, निर्णायक समितिका संयोजक शालिग्राम अधिकारी, पुस्तकालयका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरे लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
लमजुङ– जिल्ला सदरमुकाम बेसीशहरमा १६औं राष्ट्रिय पुस्तकालय दिवस एक विशेष कार्यक्रमका साथ मनाएको छ । बेसीशहर नगरपालिका– ८ स्थित लक्ष्मीनारायण सामुदायिक पुस्तकालयद्वारा आयोजित उक्त कार्यक्रममा स्थानीय विद्या विकास आमाविका छात्र अपूर्वराज पहाडी भदौ १५ गते पहिलो भए ।
सो पुस्तकालयका अध्यक्ष नाराइनबहादुर सुयलको अध्यक्षतामा भएको जिल्लाव्यापी अन्तर मावि निवन्ध लेखन प्रतियोगिताका निर्णायक संयोजक साहित्यकार शालिग्राम अधिकारीले निवन्ध लेखनको नीति नियम र पुरस्कृत गरिने विधिका बारेमा जानकारी दिनुभएको थियो । प्रतियोगितामा मनकामना बोर्डिङ स्कूलका प्रतीक अधिकारी दोस्रो, सोही विद्यालयकी मिष्मा तिवारी तेस्रो तथा युनिभर्र्सल एकेडेमीका आयुष केसीले सात्वना स्थान हासिल गरेका थिए ।
सो प्रतियोगितामा ९ माविका १७ जनाले भाग लिएको सो कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८० भाद्र १५, शुक्रबार १७:२१ गते
हजुरको प्रतिक्रिया