काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ वटा विभागका प्रमुखहरू मनोनित गर्नु भएको छ । केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले पास गरेको कार्यतालिका अनुसार विभाग गठन गर्ने समय सीमाको अन्तिम दिन देउवाले १५ विभागको प्रमुखको घोषणा भदौ १५ गते गर्नु भएको हो ।
नेतृ पुष्पा भुसाललाई महिला विभाग प्रमुख मनोनित गरिएको मुख्यसचिव कृष्णचन्द्र पौडेलले बताउनु भयो । यसैगरी, पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय विभागको प्रमुख, चीनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार विभाग प्रमुख मनोनित गरिएको छ ।
कांग्रेसको विधान अनुसार पार्टीमा ७० विभाग छन् । यसअघि देउवाले प्रचार विभाग प्रमुख मात्रै तोक्नु भएको थियो । यो समेत जम्मा १६ विभाग प्रमुखहरू तोकिएका छन् भने अन्य बाँकी नै छन् ।
स्मरणीय छ, गत साउन १० गतेका दिन समापन गरिएको केन्द्रीय समिति बैठकले भदौ १५ गतेभित्र विभाग गठन गरिसक्ने समय सीता निर्धारण गरेको थियो ।
को–को भए विभाग प्रमुख ? सूचीसहित :
१. कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश समन्वय विभाग
२. पुष्पा भुसाल, महिला विभाग
३. चीनकाजी श्रेष्ठ, उद्योग तथा व्यापार विभाग
४. किरण यादव, तराई—मधेश समन्वय विभाग
५. योगेन्द्र चौधरी, थारु विभाग
६. गेहेन्द्र गिरी, ज्येष्ठ नागरिक समन्वय विभाग
७. आङ्गेलु शेर्पा, पर्यटन विभाग
८. डा. रणबहादुर रावल, गैरसरकारी संस्था समन्वय विभाग
९. दिलमान पाख्रिन, आदिवासी जनजाति विभाग
१०. प्रकाश रसाईली स्नेही, वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग
११. रंगमती शाही, पिछडिएको क्षेत्र विभाग
१२. गुरु बराल, आपूर्ति तथा उपभोक्ता विभाग
१३. नानु बास्तोला, जिल्ला सम्पर्क समिति समन्वय विभाग
१४. मदनकृष्ण श्रेष्ठ, अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग
१५. सीता थपलिया (उर्मिला), उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग चयन हुनुभएको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति २०८० भाद्र १६, शनिबार ०९:२० गते