राष्ट्रिय स्वतन्त्र पार्टीको बेसीशहर नगरपालिका– ३ का वडासमिति गठनको फोटो फिचर

राष्ट्रिय स्वतन्त्र पार्टीको बेसीशहर नगरपालिका– ३ का वडासमिति गठनको फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ १६ गते शनिवार ०६:२४

नवनिर्वाचित वडा समिति र तीन जना पालिका विभागका सदस्यहरूलाई जिल्ला संयोजक धर्म केसी तथा ८७ वर्षीय निवृत्त शिक्षक लक्ष्मीप्रसाद घिमिरेले नवनिर्वाचितहरूलाई रातो टिका लगाउनु भई आशीर्वाद दिनु भएको थियो ।

हरिप्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति र तीन जना पालिका विभागका सदस्य चयन

भेलाबाट ११ सदस्यीय वडा समिति र तीन जना पालिका विभागका सदस्यहरू चयन भएका छन् । उनीहरूलाई जिल्ला संयोजक धर्म केसी तथा ८७ वर्षीय निवृत्त शिक्षक लक्ष्मीप्रसाद घिमिरेले नवनिर्वाचितहरूलाई रातो टिका लगाउनु भई आशीर्वाद दिनु भएको थियो ।
बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संगठन विस्तारमा जुटिरहेको छ । सो क्रममा बेसीशहर नगरपालिका– ३ को रानीकुवास्थित सामुदायिक भवनमा आयोजित वडा भेलाले हरिप्रसाद अधिकारीको अध्यक्षतामा वडा समिति भदौ १६ गते गठन गरेको छ ।
सो दलको गण्डकी प्रदेश सदस्य एवम् जिल्ला संयोजक धर्म केसी र अर्का प्रदेश सदस्य एवम् जिल्ला सहसंयोजक अशोक सापकोटा तथा ८७ वर्षीय निवृत्त शिक्षक लक्ष्मीप्रसाद घिमिरेको उपस्थितिमा भएको भेला बेसीशहर नगरका सभापति कृष्णबहादुर राउतको अध्यक्षतामा भएको थियो । सो अवसरमा निर्वाचन क्षेत्र समितिका सदस्य एवम् बेसीशहर नगरपालिका– ६ का अध्यक्ष प्रकाश थापाले स्वागत मन्तव्य राख्नु भएको थियो ।
धर्म केसी र बयोबृद्ध लक्ष्मीप्रसाद घिमिरे संयुक्त रुपमा घण्टी बजाएर उदघाटन गर्नु भएको भेलामा सो दलका जिल्ला संयोजक धर्म केसी र वरिष्ठ पत्रकार नवराज पहाडी विशेष वक्ता हुनुहुन्थ्यो । भेलाबाट ११ सदस्यीय वडा समिति र तीन जना पालिका विभागका सदस्यहरू चयन भएका छन् । उनीहरूलाई जिल्ला संयोजक धर्म केसी तथा ८७ वर्षीय निवृत्त शिक्षक लक्ष्मीप्रसाद घिमिरेले नवनिर्वाचितहरूलाई रातो टिका लगाउनु भई आशीर्वाद दिनु भएको भेलाको सञ्चालन सहसंयोजक अशोक सापकोटाले गर्नु भएको थियो । उक्त कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८० भाद्र १६, शनिबार १८:२४ गते
हजुरको प्रतिक्रिया