मातृभूमि क्यापम्सको अध्यक्षमा पाँच जनाको दावी

मातृभूमि क्यापम्सको अध्यक्षमा पाँच जनाको दावी

नवराज पहाडी

@antaranganews

२०८० भदौ १६ गते शनिवार ०९:५६

सो क्याम्पसमा यसैवर्ष रजत उत्सव मनाउनु पर्ने, आंगीक क्याम्पस बनाउने, क्यूएएमा जानै पर्ने बाध्यता, स्नातकोत्तरको कक्षा सञ्चालनलगायतका चुनौति रहेका छन् ।

संस्थापक अध्यक्ष र क्याम्पस प्रमुखका साथ दुई सहायकप्राध्यापक सम्मानित तथा दुई विद्यार्थी पुरस्कृत

सुन्दरबजार(लमजुङ)– यहाँ स्थित मातृभूमि बहुमुखी क्यापम्सको चौथो अधिवेशनको उघाटन सत्र सएिको छ । बन्द सत्रमा निर्वाचनको समेत कार्यक्रम भएको हुँदा क्याम्पस सञ्चालन समितिको अध्यक्षमा पाँच जनाको उम्मेदवारी भदौ १६ गते परेको छ ।
सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेशनको उहाँले उदघाटन गर्दै क्याम्पसको उज्वल भविष्यको कामना गर्दै सुन्दरबनारलाई शैक्षिक हब(केन्द्र) बनाउनु पर्ने बताउनु भयो । उहाँले उक्त क्याम्पसमा स्नातकोत्तर तहको पढाई सञ्चालन गर्ने र क्यूएएमा लग्नका लागि आवश्यक पहल गर्न सञ्चालकहरूलाई आग्रह गर्दै त्यस्ता रचनात्मक कार्यमा नगरपालिकासँगै रहेको उल्लेख गर्नु भयो । उहाँले क्याम्पसको सञ्चालक समितिमा कुशल नेतृत्वको चयन गर्नु पर्ने आवश्यता औंल्याउनु भयो ।
सोही क्याम्पसको सञ्चालक समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य एवम् सुन्दरबजार नगरपालिका– ७ का वडाध्यक्ष जयराम रेग्मीले स्वागत गर्नु भएको थियो । सो अवसरमा शुभकामना व्यक्त गर्नुहुनेहरूमा उक्त क्याम्पसको सञ्चालक समितिको संस्थापक अध्यक्ष रामबाबु श्रेष्ठ, प्राध्यापक संघबाट नवराज केसी, भक्तिनमूना माविका प्रधानाध्यापक यज्ञराज घिमिरे, पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारी, क्याम्पस स्ववियुका विशालजङ थापा लगायत हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा संस्थापक अध्यक्ष रामबाबु श्रेष्ठ, संस्थापक क्याम्पस प्रमुख सरोजराज मिश्र, उत्कृष्ठ कार्य गर्नु हुने सहायकप्राध्यापक दुई जना शिक्षा संकायबाट नवराज केसी र व्यवस्थापन संंकायबाट हरिकृष्ण कोइरालालाई सम्मान गरिएको थियो भने क्याम्पसका आजीवन सदस्यहरू ५४ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो । यसैगरी, तोत्रबहादुर सापकोटा पुरस्कार दुई जना छात्रालाई सम्मान पत्रका साथ पुरस्कृ गरिएको थियो । सो अवसरमा क्याम्पस प्रमुख रामलाल श्रेष्ठले क्याम्पसको प्रगति प्रतिवेदन र लेखापाल सुरेश परियारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
उक्त अवसरमा सोही क्याम्पस, छिमेकी माविहरू आदर्शबाल छात्राहरू तथा विद्याज्योतिका विद्यार्थीले नृत्य प्रदर्शन गरी मनोरञ्जन प्रदान गरेको उक्त कार्यक्रमका सञ्चालक सो क्याम्पसका सहायक क्याम्पस प्रमुख बालकृष्ण अधिकारीले बताउनु भयो ।
सञ्चालक समितिको अध्यक्षमा पाँच जनाको दावी :
उक्त क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदमा पाँच जनाले उम्मेदवारी दर्ता गरी दावी गर्नु भएको जानकारीमा आएको छ । त्यस्तो दावी गर्नुहुनेमा वर्तमान अध्यक्ष विष्णुकुमार श्रेष्ठ, शशिकृष्ण श्रेष्ठ, आनन्द राज श्रेष्ठ, विद्यादेवी श्रेष्ठ र नवराज श्रेष्ठ हुनुहुन्छ ।
यसैगरी, चार सदस्य पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । उहाँहरूमा उत्तम गुरुङ, चित्रबहादुर केसी, हिरा सापकोटा, देवेन्द्रप्रसाद पौडेल, राधा श्रेष्ठ, बसन्ती दुरा, गहेन्द्रराज मिश्र, पार्वती अधिकारी, रमेशबाबु सापाकोटा, श्यामका रेग्मी र प्रेमबहादुर भट्टराई हु्नु भएको जानकारीमा आएको छ ।
सो क्याम्पसमा यसैवर्ष रजत उत्सव मनाउनु पर्ने, आंगीक क्याम्पस बनाउने, क्यूएएमा जानै पर्ने बाध्यता, स्नातकोत्तरको कक्षा सञ्चालनलगायतका चुनौति रहेका छन् ।
निर्वाचित समितिको संयोजक जयराम रेग्मी, सदस्यहरूमा सहायक क्याम्पस प्रमुख बालकृष्ण अधिकारी, नवराज केसी, हरिकृष्ण कोइराला र सदस्य सचिव क्याम्पस प्रमुख रामलाल श्रेष्ठ हुनुहुन्छ ।
यसैगरी, संस्थापक अध्यक्ष रामबाबु श्रेष्ठले उम्मेदवारहरूका बीचमा समन्वयात्मक भूमिका निभाउनु भएको छ । उहाँले भन्नुभयो, ‘२÷४ दिनभित्र सहमतिमै समिति चयन हुनेछ ।’

प्रकाशित मिति २०८० भाद्र १६, शनिबार २१:५६ गते
हजुरको प्रतिक्रिया