मर्स्याङदीमा बस खस्यो अवस्था अज्ञात

मर्स्याङदीमा बस खस्यो अवस्था अज्ञात

नवराज पहाडी

@antaranganews

२०८० भदौ १७ गते आईतबार ११:५४

चालकको स्थायी ठेगाना चितवन, भरतपुर– १३ रहेछ खुदी प्रहरी चौकीका प्रमुख शर्माले बताउनु भयो । उहाँका अनुसार श्रीमती यहीकी रहिछन् डाँदीमा डेरा रहेछ ।

राती साढे १२ बजेतिर बस बनाएर बेसीशहर तर्फ आउँदै छु भनेको हुँदा यात्रु नभएको हुन सक्ने आंकलन छ ।

भूलभूले(लमजुङ)– लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिका– ७ को ङादी नजिकै बालुवा पहिरोमा बस खसेको छ । बस गए राती खसेको आंकलन गरिएको छ । सो बसका चालक वर्ष ४० का खेमबहादुर भुजेल र यात्रुको अवस्था अज्ञात रहेको छ । बसलाई किनारमा भझिक्ने प्रयास भइरहेको प्रहरीले भदौ १७ गते जनाएको छ ।
बेसीशहर– ङादी रुटमा चल्ने ध १ ख ३७२ नम्बरको बस हिजो राती दुःखद दुर्घटना भएको हो । राती करिब साढे १२ बजे बस विग्रिएको हुँदा बनाएर आउँदै छु भन्दै चालक भुजेलले आफूलाई फेनमा बताएको उनकी श्रीमती कमला तामाङले बताएको खुदी प्रहरी चौकीका प्रमुख प्रेमप्रसाद शर्माले बताउनु भयो । उहाँका अनुसार पहिले पहिलो पनि कहिले काही आउँछु भन्ने नआउने गरेको हुँदा राती श्रीमतीले खोज्ने काम गरिनछन् । विहान नदीमा गाडी डुबेको देखेपछि खोज तलासको काम भइरहेको छ । उहाँले भन्नुभयो, ‘चालकको अवस्था हाल सम्म अज्ञात नै छ । घट्नास्थलमा बस झिक्न एक्साभेटर लग्ने काम हुँदैछ बसको उद्दार गरिएपछि भित्र कोही छ कि ? पत्ता लाग्ने आशा छ ।’ उहाँले थप भन्नुभयो, ‘रातको समय भएको हुँदा यात्रु नहुने सम्भवना बढी छ ।’ चालकको स्थायी ठेगाना चितवन, भरतपुर– १३ रहेछ शर्माले बताउनु भयो । उहाँका अनुसार श्रीमती यहीकी रहिछन् डाँदीमा डेरा रहेछ ।
स्थानीय क्षेत्रका कोही पनि ऐलेसम्म हराएको भन्ने जानकारीमा नआएको मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका स्वकीय सचिव सरोज गुरुङले बताउनु भयो ।

प्रकाशित मिति २०८० भाद्र १७, आईतवार ११:५४ गते
हजुरको प्रतिक्रिया