मर्स्याङदी नदीमा खसेको बस झिकियो, चालक फोला परेनन्

मर्स्याङदी नदीमा खसेको बस झिकियो, चालक फोला परेनन्

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ १७ गते आईतबार ०४:०५

प्रहरी सहायक निरीक्षक शर्माले भन्नुभयो, ‘श्रीमतीलाई कहिले काहीँ ‘गाडी खोलामा फालेर बेपत्ता भइदिन्छु’ भन्ने धम्की दिने गरेका रहेछन्, चालकले त्यसैले उनी फेला पर्छन् कि भन्ने झिनो आशामा सम्भाव्य स्थानमा खोजी कार्य जारी राखिएको हो ।’

सो बस सडकबाट करिब २० मिटर तल नदीमा खसेको प्रहरीको भनाइ छ ।

भूलभूले(लमजुङ)– लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका– ७ को ङादी नजिकै बालुवा पहिरोमा खसेर मर्स्याङदी नदीमा पुगेको बस झिकिएको छ । तर सो बसका चालक भने फेला परेका छैनन् । उनको मोवाइल र चप्पल गाडी खसेकै ठाउँमा फेला गरेको प्रहरीले भदौ १७ गते जनाएको छ ।
बस गए राती खसेको आंकलन गरिएको छ । सो बसका चालक वर्ष ४० का खेमबहादुर भुजेल रहेको तर बसमा यात्रु नभएको आंकलन गरिएको छ ।
ध १ ख ३७२ नम्बरको सो बस बेसीशहर– ङादी रुटमा चल्ने गए राती दुःखद दुर्घटनामा परेको हो । राती करिब साढे १२ बजे बस बिग्रिएको हुँदा बनाएर आउँदै छु भन्दै चालक भुजेलले आफूलाई फेनमा बताएको उनकी श्रीमती कमला तामाङले भनेको सोही गाउँपालिका– ३ स्थित, खुदी प्रहरी चौकीका प्रमुख सहायक प्रहरी निरीक्षक प्रेमप्रसाद शर्माले बताउनु भयो । उहाँका अनुसार पहिले पहिले पनि कहिले काही आउँछु भन्ने र नआउने गरेको हुँदा रातमा खोजी नगरेको श्रीमतीको भनाइ छ । विहान स्थानीयले नदीमा गाडी डुबेको देखेपछि खोज तलासको काम भइरहेको प्रहरी भनाइ छ ।
तर एले नदीमा डुबिरहेको बस सडक किनारमा झिकिसकीएको छ । तर चालक फेला परेनन् खुदी प्रहरी चौकीका प्रमुख सहायक प्रहरी निरीक्षक शर्माले बताउनु भयो । उहाँका अनुसार चालकको मोवाइल र चप्पल बस खसेकै स्थानमा भेटियो, त्यसैले नदी किनारतिर पनि उनलाई खोज्ने काम भएको छ तर उनी यतिबेला आर्थत यो समाचार तयार गर्दै गर्दा अपराह्न ४ बजेसम्म फेला परेका छैनन् । शर्माले भन्नुभयो, ‘श्रीमतीलाई कहिले काहीँ ‘गाडी खोलामा फालेर बेपत्ता भइदिन्छु’ भन्ने धम्की दिने गरेका रहेछन्, चालकले त्यसैले उनी फेला पर्छन् कि भन्ने झिनो आशामा सम्भाव्य स्थानमा खोजी कार्य जारी राखिएको हो ।’
चालकको स्थायी ठेगाना चितवन, भरतपुर– १३ रहेछ शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीमतीको माइती यतै रहेछ, डाँदीमा डेरामा बस्दा रहेछन्, सानो ३, ४ वर्षको छोरा पनि रहेछ ।
मध्यरात जस्तैमा बस खसेको हुँदा स्थानीय क्षेत्रका कोही पनि मानिस ऐलेसम्म हराएको भन्ने जानकारीमा नआएको मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका स्वकीय सचिव सरोज गुरुङले बताउनु भएको छ ।
सो बस सडकबाट करिब २० मिटर तल नदीमा खसेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति २०८० भाद्र १७, आईतवार १६:०५ गते
हजुरको प्रतिक्रिया