बेसीशहर– नेपाल रेडक्रस सोसाइटी लमजुङ शाखाले ६१ औं स्थापना दिवस मनाएको छ । बेसीशहर स्थित लमजुङ अस्पतालमा एक कार्यक्रमका विच अस्पतालको प्रसुतिगृहमा भर्ना भएर रहेका गर्भवति तथा सुत्केरी भएका ५ जना महिलाहरूलाई सरसफाई किट सहितको झोला वितरण गरी भदौ १९ गते मनाएको हो ।
नि. प्रमुख जिल्ला अधिकारी जगदिश मिश्र, शाखाका सभापति ऋषिराम घिमिरे, उप–मन्त्री दिपकराज नेउपाने, कोषाध्यक्ष भीमबहादुर अधिकारी कार्य समितिका सदस्य तिलक दुलाल, उपशाखा सभापति मनिलाल वि.क लागयतले सामग्री हस्तान्तरण गर्नु भएको थियो ।
सो कार्यक्रम शाखाका सभापति ऋषिराम घिमिरेको सभापतित्वमा भएको थियो । वितरित सामग्रीमा दुई हजार दुई सय वरावरका सरसफाईका सामग्रीहरू साव्ुन नुहाउने÷लुगा धुने २/२ वटा, व्रस मन्जन काइयो, सेनीटरी प्याड, नेलकटर, सेनिटाइजर, खिप, पैन्टी– २, डोरी, रुमालहरू ३ वटा, सावुन बट्टा समेतको झोला रहेको रेडक्रस शाखामा प्रमुख श्रीकान्त घिमिरेले बताउनु भयो । उहाँका अनुसार सो कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य वसन्तवहादुर थापा अस्पतालका कर्मचारी एवम् रेडक्रस परिवारलगायत अन्यको समेत उपस्थिति रहेको थियो ।
यस वर्षको स्थापना दिवसको नारा ‘मनवाट नै सेवा गरौं ।’ रहेको शाखाका सभापति ऋषिराम घिमिरेले जानकारी दिनु भएको थियो । उहाँले कार्यक्रमका सहभागीलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० भाद्र १९, मंगलवार १७:४२ गते