प्रदेशका सांसद हत्या तथा डाँका अभियोगमा जेल चलान

प्रदेशका सांसद हत्या तथा डाँका अभियोगमा जेल चलान

एजेन्सी

@antaranganews

२०८० भदौ २० गते बुधबार ०५:१९

तत्कालीन बोदे बर्साइन गाविस– ४ बाट २०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस– ५ वैरिया टोलमा पु¥याई पाँचवटा गोली हानी चौधरीको हत्या गरिएको थियो ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यादवलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

राजविराज– हत्या तथा डाँका अभियोगमा पक्राउ परेका मधेस प्रदेश सांसद अनिरुद्धकुमारसिंह यादव पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत सप्तरीले सांसद यादवलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा राख्न भदौ १९ गते पठाएको हो ।
सप्तरी निर्वाचन क्षेत्रनं. ४ (ख) बाट निर्वाचित सांसद यादवलाई २०६४ सालमा भएको घटनामा यादवलाई अघिल्लो दिन प्रहरीले राजविराज नगरपालिका– ७ बाट पक्राउ गरेको थियो । कर्तव्य ज्यान मुद्दामा जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेश बमोजिम सांसद यादवलाई सप्तरी कारागार कार्यालय राजविराजमा पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताउनु भयो ।
खोक्सर प्रवाहा गाविस– १ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या आरोपमा उनी फरार सूचीमा थिए ।
तत्कालीन बोदे बर्साइन गाविस– ४ बाट २०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस– ५ वैरिया टोलमा पु¥याई पाँचवटा गोली हानी चौधरीको हत्या गरिएको थियो । उक्त विषयमा जाहेरी परेपछि अदालतमा बयान दिन समेत नगई यादव फरार भएका थिए । मृतकका दिदी धनगढी गाविस– ३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंह समेत नौ जनाविरुद्ध किटानी जाहेरी दिनु भएको थियो ।

प्रकाशित मिति २०८० भाद्र २०, बुधबार ०५:१९ गते
हजुरको प्रतिक्रिया