सयपत्री आविमा ‘कृष्ण लीला’ प्रदर्शन : फोटो फिचर

सयपत्री आविमा ‘कृष्ण लीला’ प्रदर्शन : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ २१ गते बिहिबार ०१:५६

विद्यालयका छात्र नयन गुरुङले श्रीकृष्णजीको र शिज्ञम गुरुङले राधाको अभिनय गरेका थिए ।

छात्र छात्राहरूद्वारा अभिनय तथा नृत्य प्रदर्शन

सुन्दरबजार– लमजुङको सुन्दरबजार नगरपालिका– ६ स्थित सयपत्री आविमा कृष्ण लीला प्रदर्शन गरिएको छ । सोही विद्यालयका छात्रछात्राहरूद्वारा अभिनय गरि भदौ १९ गते प्रदर्शन गरिएको कार्यक्रम निकै आकर्षक रहेको थियो ।
संस्कार सहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने दाबी गर्दै आएको सार्बजनिक शैक्षिक गूठीद्वारा संचालित सो विद्यालयको सयपत्री बाल क्लवले उक्त प्रदर्शनीको आयोजना गरेको हो । विद्यालयका छात्र नयन गुरुङले श्रीकृष्णजीको र शिज्ञम गुरुङले राधाको अभिनय गरेका थिए । यसैगरी, कंशको भूमिकामा अर्पित वाग्ले थिए भने बासुदेव युनिक भुजेल बनेका थिए । स्वस्तिमा पाण्डे देवकीको भूमिकामा थिइन् ।
उक्त विद्यालयका प्रिन्सिपल ज्ञानेन्द्र शर्माले लेखन गर्नु भएको उक्त कार्यक्रमको उद्दे्रश्यमा प्रकाश पार्नु भएको थियो । कृष्ण लीलाको शिक्षक द्वय बसन्थी गुरूङ र सरला दुराले निर्देशन गर्नु भएको थियो । ‘कृष्ण लीला’ प्रदर्शनका क्रममा विद्यालयका दर्जन बढी विद्यार्थीले कृष्ण लीलामा आधारित गीतमा नृत्य प्रदर्शन गरेका थिए ।
उक्त कार्यक्रम सर्वाधिक रुपमा रुचाइएको र विद्यालयस्तरमा जिल्लामै पहिलो हुन सक्ने सो आविका प्रिन्सिपल ज्ञानेन्द्र शर्माले उल्लेख गर्नुभयो । सो कार्यक्रमको फोटो फिचर सहित :

प्रकाशित मिति २०८० भाद्र २१, बिहीबार १३:५६ गते
हजुरको प्रतिक्रिया