बेसीशहर– लमजुङमा जबर्जस्ती करणी प्रयास गर्ने फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ७६ बर्षीय बृद्ध महिलालाई जवर्जस्ती करणी प्रयास गर्ने लमजुङको राइनस नगरपालिका– ६ मा बस्ने ५० बर्षीय बाबुराम सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
सो घट्ना यही भदौ १५ गते भएको हो । रातीको समयमा घरमा एक्लै सुतेकी र शारिरीक रुपमा कमजोर अवस्थाकी ७६ बर्षीय बृद्धालाई सार्कीले जबर्जस्ती करणीको प्रयास गरेका थिए । तर ती महिलाले हार गुहार गरे पछि निज घटनास्थलबाट फरार भएको प्रहरी भनाइ छ । फरार रहेका सार्कीलाई भदौ १९ गते दिउँसो घरदेखि केही टाढा रहेको ज·लको एकान्त ठाउँमा लुकिछिपि बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताउनुभयो । उहाँका अनुसार खोजतलास गर्दै जाने क्रममा पक्राउ परेका सार्कीलाई जिल्ला सदरमुकाममा ल्याई जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद थप अनुमति लिई जवर्जस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ । सार्की प्रहरी हिरासतमा रहेका छन् ।
प्रकाशित मिति २०८० भाद्र २२, शुक्रबार ०६:४२ गते