निजमति सेवा दिवसमा तीन दिवसीय कार्यक्रम : समापनको फोटो फिचर सहित

निजमति सेवा दिवसमा तीन दिवसीय कार्यक्रम : समापनको फोटो फिचर सहित

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ २२ गते शुक्रबार ०७:४०

दिवसका अवसरमा सञ्चालित फुटसलका विजेता जनप्रनितिनिधिको टिमका साथै समापनका अवसरमा कविता, गीत, गजल बाचन गरेर प्रतीभा देखाउनु हुनेहरू लाई प्रशंसा पत्र समेत वितरण गरिएको थियो । प्रमुख अतिथि गुरुङ र प्रजिअ अधिकारीले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको हो ।

प्रमुख अतिथि गुरुङद्वारा लमजुङ हिमाल हास्ने गरी राष्ट्रसेवकहरूबाट सेवा प्राप्त हुने विश्वास व्यक्त

बेसीशहर– लमजुङमा निजामति सेवा दिवस तीन दिवसीय कार्यक्रमका साथ सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर थापा तथा मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष जुना थापाको विशेष अतिथ्यता एवम् प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको अध्यक्षतामा भदौ २२ गते सम्पन्न भकएको हो ।
सो अवसरमा प्रमुख अतिथि गुरुङले लमजुङ हिमाल हास्ने गरी राष्ट्रसेवकहरूबाट सेवा प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले स्थानीय तहमा जनप्रतिनिधि विहीन अवस्थामा कर्मचारीबाट भएको सेवाको प्रशंसा गर्नु भएको थियो ।
यसैगरी, प्रजिअ अधिकारीले दिवसको नारा ‘व्यवसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन’ आउँदो तीन वर्षसम्म यही रहने जानकारी दिनु हुँदै नारालाई सार्थक तुल्याउने हाम्रो कर्तव्य हो भन्नुभयो । उहाँले यहाँ प्रस्तुत सिर्जनामा जे जे भाव पोखियो र मन छुने काम गरियो, हामीले सेवाग्राहीको पनि त्यसरी नै काम गरेर मन जित्नु पर्छ भन्नेमा जोड दिनु भयो । उहाँले निजामति सेवालाई राजनीतिले सञ्चालित र नियन्त्रित गर्दछ तर हामी कानुनको पालना इमान्दारीपूर्वक गर्दछौं, कुनै कुरा कानुनले गर्न दिने, नदिने पनि हामी भन्छौं भन्नुभयो । उहाँले आजको दिनले नारालाई सार्थक बनाउने सबैलाई प्रेरणा दिने छ भन्ने कामना गर्नु भयो ।
उक्त कार्यक्रममा दिवसका अवसरमा सञ्चालित फुटसलका विजेता जनप्रनितिनिधिको टिमका साथै समापनका अवसरमा कविता, गीत, गजल बाचन गरेर प्रतीभा देखाउनु हुनेहरूलाई प्रशंसा पत्र समेत वितरण गरिएको थियो । प्रमुख अतिथि गुरुङ र प्रजिअ अधिकारीले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको हो ।
सिर्जना वाचन गर्नेहरूमा जिल्ला समन्वय अधिकारी तुलसीप्रसाद घिमिरे, जिल्ला न्यायाधिवक्ता पूर्णबहादुर थापामगर, प्रनाउ प्रकाश श्रीमल, प्रहरी निरीक्षक बुद्धि सुवेदी र सलेपा सञ्जीवबाबु पौडेल हुनुुहुन्थ्यो । प्रस्तुत छ उक्त दिवसको समापन कार्यक्रमको फोटो फिचर : 

प्रकाशित मिति २०८० भाद्र २२, शुक्रबार १९:४० गते
हजुरको प्रतिक्रिया