तीजको पावन अवसरमा सुन्दरबजारमा विविध जात्राको तयारी

तीजको पावन अवसरमा सुन्दरबजारमा विविध जात्राको तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ २३ गते शनिवार ०९:५६


संस्कार संस्कृतिको जगेर्ना गर्ने कार्यमा जात्राको महत्वपूर्ण स्थान रहने नेवाः खालः विशुद्ध नेवारी संस्कार संस्कृतिको खोज, संरक्षण र प्रवद्र्धनका लागि स्थापित संस्था हो भन्नुहुन्छ ।

‘मेलामा टाकटुके नाच, रोपाई जात्रा र लाखे नाच समेत प्रदर्शन गरिने छ ।’

सुन्दरबजार(लमजुङ)– तीजको पावन अवसरमा सुन्दरबजारमा विविध जात्राको तयारी गरिएको छ । नेवाः खलः सुन्दरबजार लमजुङले आउँदो असोज १ गते सोमबारका दिन तीज पर्वको पावन अवसरमा जात्राको प्रदर्शन गर्ने कार्यक्रमको तयारी भदौ २२ गतेदेखि थालिएको हो ।
यस्ता कार्यक्रमहरूबाट नेवार जातिको जातीय पहिचान, संस्कृति, भेषभुसा, भाषा संरक्षण तथा नयाँ पुस्तामा संस्कृति स्तान्तरणको उचित अवसर हुने हुन्छ । नेवाः खालः विशुद्ध नेवारी संस्कार संस्कृतिको खोज, संरक्षण र प्रवद्र्धनका लागि स्थापित संस्था हो भन्नुहुन्छ सुन्दरबजारका अध्यक्ष नवराज श्रेष्ठ । उहाँका अनुसार सो कार्यका लागि यो जात्रा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ । त्यसैले पनि जात्राको तयारी गरिएको उहाँका कथन छ । उहाँले भन्नुभयो, ‘मेलामा टाकटुके नाच, रोपाई जात्रा र लाखे नाच समेत प्रदर्शन गरिने छ ।’
लमजुङ जिल्लाको शैक्षिक एवम् व्यावसायिक केन्द्रको रुपमा विकसित हुँदै गरेको सुन्दरबजारको व्यापार प्रबद्र्धनमा समेत जात्राहरूले महत्त्वपूर्ण टेवा पुग्ने बताउनु हुन्छ सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ । उहाँका अनुसार यसप्रकार जात्राको आयोजना गरेर संस्कार संस्कृतिको जगेर्ना गर्ने कार्यमा महत्वपूर्ण स्थान हुने हुँदा आफ्नो सदैव सहयोग रहिआएको छ । यस्ता कार्यमा सहयोग गर्छु पनि भन्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नु भयो ।
विगतका बर्ष झैं यस बर्ष पनि धुमधामका साथ मनाउन लागिएको जात्राहरूमा नेवार समुदायको अलवा अन्य समुदायको पनि बाक्लो उपस्थिति हुने बताउछन मेनबजार टोल विकास संस्थाका अध्यक्ष आनन्दराज श्रेष्ठ ।

प्रकाशित मिति २०८० भाद्र २३, शनिबार ०९:५६ गते
हजुरको प्रतिक्रिया