रास्वपाद्वारा बेसीशहर– १ को वडा भेलाद्वारा समिति गठनको फोटो फिचर

रास्वपाद्वारा बेसीशहर– १ को वडा भेलाद्वारा समिति गठनको फोटो फिचर

प्रमीशा वि.क.

@antaranganews

२०८० भदौ २३ गते शनिवार ०६:२६

रास्वपाका गण्डकी प्रदेशका सदस्य एवम् जिल्ला संयोजक धर्म के.सी.ले घण्टी बजाएर उदघाटन गर्नु भएको भेलाका गतिविधि राष्ट्रिय गानबाट थालिएको थियो । सो अवसरमा जिल्ला संयोजक के.सी.ले पार्टीको नीति, सिद्धान्तका साथै हालका गतिबिधि लगायत मिशन ८४ का बारेमा प्रष्ट पार्नु भएको थियो ।

भेलाले बुद्धिलाल श्रेष्ठलाई वडा सभापति सहित ११ सदस्यीय समितिका साथै दुई जना नगरका विभाग सदस्य चयन

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संगठन विस्तारको क्रममा बेसीशहर नगरपालिका– १ मा पनि वडा समिति गठन गरेको छ । उदिपुरको सामुदायिक भवनमा वडा भेलाको आयोजना गरी सो दलले भदौ २३ गते वडा समिति गठन गरेको हो ।
रास्वपाका गण्डकी प्रदेशका सदस्य एवम् जिल्ला संयोजक धर्म के.सी.ले घण्टी बजाएर उदघाटन गर्नु भएको भेलाका गतिविधि राष्ट्रिय गानबाट थालिएको थियो । सो अवसरमा जिल्ला संयोजक के.सी.ले पार्टीको नीति, सिद्धान्तका साथै हालका गतिबिधि लगायत मिशन ८४ का बारेमा प्रष्ट पार्नु भएको थियो ।
भेलाले बुद्धिलाल श्रेष्ठलाई वडा सभापति सहित ११ सदस्यीय समितिका साथै दुई जना नगरका विभाग सदस्य चयन गरेको छ ।
रास्वपा जिल्ला सहसंयोजक अशोक सापकोटाले कार्यक्रमको सञ्चालन गर्नै भेलाको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । रास्वपाका नगर सभापति कृष्णबहादुर राउतको अध्यक्षतामा भएको रास्वपा जिल्ला निर्वाचन क्षेत्र समिति सदस्य प्रकाश थापाले स्वागत मन्तव्य राख्नु भएको ।
त्यस्तै, शुभकमना सहित आफ्नो धारणा राख्नुहुनेमा सो दलका कार्यकर्ता एवम् वरिष्ठ पत्रकार नवराज पहाडी, कार्यक्रममा रास्वपा बेनपा– ८ का सभापती ध्रुब ढकाल, निवर्तमान बेनपा– ६ वडा सदस्य होमबहादुर राउत, रास्वपा निर्वाचन क्षेत्र समितिमा सिफारिस प्रमिशा बिश्वकर्मा लगायत हुनुहुन्थ्यो । प्रस्तुत छ उक्त कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८० भाद्र २३, शनिबार १८:२६ गते
हजुरको प्रतिक्रिया