एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली अस्पतालमा

एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली अस्पतालमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ २६ गते मङ्गलबार ०६:०४

इलामबाटै २०५६ सालदेखि पाँच पटक विजयी हुनु भएका उहाँ २००९ फागुन २८ गते इलामको इलामबजार नजिकै सुन्तलाबारमा जन्मिनु भएको थियो । उहाँ हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत हुनुहुन्थ्यो ।

टिचिङ्ग अस्पतालमा पुर्याउने वित्तिकै चिकित्सकहरूले उहाँको निधन भइसकेको जानकारी दिएका थिए ।

काठमाडौं– प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । महाराजगन्जस्थित टिचिङ अस्पताल गए राती १ बजे नेम्वाङको हृदयघात भइ भदौ २६ गते निधन हुन गएको हो ।
सो खबरसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपि शर्मा ओली आज बिहानै टिचिङ अस्पताल पुग्नु भएको छ । साथमा सभामुख देवराज घिमिरे समेत हुनुहुन्छ ।
काठमाडौंको बालुवाटर बस्ने उहाँलाई हृदयघात भएपछि टिचिङ अस्पताल लगिएको थियो । तर अस्पतालमा पु¥याउने वित्तिकै चिकित्सकहरूले उहाँको निधन भइसकेको जानकारी दिएका हुन् ।
संविधानसभा अध्यक्ष समेत रहनुभएका नेम्वाङ इलाम क्षेत्र नं २ बाट निर्वाचित हुनुहुन्थ्यो ।
नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा होमिनु भएको थियो । २०३३ सालमा राजद्रोह मुद्दामा उहाँ सात महिना जेल पर्नु भएको थियो ।
२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य हुुनु भएका उहाँ मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री हुनु भएको थियो । २०५६ को निर्वाचन जितेर सार्वजनिक लेखा समिति सभापति बनेसँगै नेवाङ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा काण्ड छानबिनमा परेर विशेष चर्चामा आउनु भएको थियो ।
०६२– ०६३ को आन्दोलनसँगै पुनःस्थापित संसदका सभामुख बन्नु भएका उहाँ पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बन्नु भएको थियो । नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।
२०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष हुनु भएको थियो । चारपल्ट सभामुख बन्नु भएका उहाँ सधैं सर्वसम्मत भई नयाँ इतिहास रच्नु भएको थियो ।
वरिष्ठ अधिवक्ता समेत रहनु भएका नेम्वाङले नेपाल ल क्याम्पसमा प्रध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाउनु भएका उहाँ नेपाल बार एसोसिएसनको पूर्व महासचिव समेत हुनुहुन्थ्यो ।
इलामबाटै २०५६ सालदेखि पाँच पटक विजयी हुनु भएका उहाँ २००९ फागुन २८ गते इलामको इलामबजार नजिकै सुन्तलाबारमा जन्मिनु भएको थियो । उहाँ हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत हुनुहुन्थ्यो ।

प्रकाशित मिति २०८० भाद्र २६, मंगलवार ०६:०४ गते
हजुरको प्रतिक्रिया