
सुन्दरबजार– यहाँ स्थित श्री राम जानकी मन्दिरको एक टोलीद्वारा एक दिने धार्मिया यात्रा गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर अधिकारीको नेतृत्वमा ९ सदस्यीय टोलीले एक दिने धार्मिक तीर्थाटन कार्यक्रम भदौ २५ गते सम्पन्न गरेको हो ।
विहान चार बजे उहाँबाट यात्रामा निस्केको सो टोली राती एक बजे फर्केर आइपुगेको थियो । टोलीले सबैभन्दा अघि लमजुङको धान्सिङ नेटामा रहेको मालिका देवी मन्दिरमा दर्शन गरेको थियो । त्यसपछि सो टोली सिधै पाल्पाको श्री रामानुज आश्रम, कालिगण्डकी नदीको किनारमा रहेको एतिहासिक सिद्ध गुफा, गणेश राम, सीता, लक्ष्मण, सिद्द बाबा, १०८ शिवलिङ्ग, सिद्देस्वर महादेव, राम्दी पाल्पा, सतिदेवीको सम्पूर्ण अङ्ग पतन भएको स्थल भिरकोट नगरपालिका– ४ को छाया क्षेत्रको दर्शका लागि पुगेको टोलीमा सहभागी सामाजिक व्यक्तित्व, मन्दिर व्यवस्थापन समितिका सचिव एवम् एभरेष्ट साकोसका अध्यक्ष रामबाबु श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार त्यसपछि, स्याङ्जाको गल्याङ स्थित राम नदी धाममा रहेको गौशाला बृद्धाश्रम, राधाकृष्ण मन्दिर, १०८ ऋषि मुनिहरूले तपस्या गरेको पवित्र स्थल, गुरुकुल आश्रम, श्री राम मन्दिर, कैलाश नाथको दर्शन गरिएको थियो ।
उक्त धार्मिक यात्रा अर्थात भ्रमणको मुख्य उद्देश्य राष्ट्र शान्ति, लोकको हित, पितृको उद्धार, संस्कार संस्कृतिको जर्गेना गर्नु रहेको राममन्दिर एवम् टोलीका अध्यक्ष अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार यात्रा अत्यन्तै आनन्द र शान्तिमय रह्यो । सो भ्रमण टोलीमा मन्दिरका सचिव रामबाबु श्रेष्ठ, सदस्य राजेन्द्रमान श्रेष्ठ, सल्लाहकारहरू शुकबहादुर श्रेष्ठ, सुरेन्द्रमान श्रेष्ठ, शशिकृष्ण श्रेष्ठ, बिनोद जोशीका साथै आफू समेत रहेको सुन्दरबजार चेम्बरका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले बताउनु भयोे ।
प्रकाशित मिति २०८० भाद्र २६, मंगलवार १२:३२ गते