काठमाडौं । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान निधन भएको हो ।
निमोनिया देखिएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा भदौ २६ गते बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
साहित्यमा विशेष रुचि राख्ने पराजुलीका दर्जनौँ कथा त्यतिकै कृति पनि प्रकाशित छन् ।
शुक्रराज शास्त्रीको चस्मा (कथा), अघोरी (कथा), कोटेश्वरको केटो (संस्मरण), भ्रष्ट समवेदना (कविता कृति), अनायिका (उपन्यास), सपनामा माक्र्स (कथा), जाडोमा भोक, विकल्प यात्रा (कथा) प्रकाशित छन् ।
५८ वर्षीय पराजुलीका कथासंग्रह जन्तरमन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् ।
साझा प्रकाशनको सञ्चालक समिति सदस्य समेत रहनु भएका पराजुलीको पत्रकारितामा करिब ३० वर्षको अनुभव छ । राजधानी, नेपाल समाचारपत्र, नागरिक र आर्थिक दैनिक तथा बाह्रखरी लगायतमा काम गर्नु भएको थियो ।
पराजुलीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।
स्व. पराजुलीका श्रीमती, एक छोरा र एक छोरी छन् ।
प्रकाशित मिति २०८० भाद्र २६, मंगलवार १३:४४ गते