पार्टीका नेताले कसैसँग पैसा मागेको ठोस प्रमाण पेस गरे ७२ घण्टाभित्र कारबाही हुन्छ : रास्वपा

पार्टीका नेताले कसैसँग पैसा मागेको ठोस प्रमाण पेस गरे ७२ घण्टाभित्र कारबाही हुन्छ : रास्वपा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ २७ गते बुधबार ०५:३१

पार्टीप्रतिको जनविश्वास, आस्था र भरोसामा चोट पु¥याउने कुत्सित प्रयत्न कसैबाट नहोस् भनी सचेत समेत गराउन चाहन्छौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाले केन्द्रीय सदस्य मोहनजंग थापामाथि थाल्यो छानबिन, भ्रममा नपर्न रास्वपाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट निष्कासित डा. ढाकाकुमार श्रेष्ठले पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर तीन करोड रुपैयाँ माग गरेको भनि दिएको अभिव्यक्तिलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रास्वपाले केन्द्रीय सदस्य मोहनजंग थापामाथि भदौ २७ गते छानबिन सुरु गरेको हो ।
एक टेलिभिजन अन्तर्वार्तामा रास्वपाले बर्खास्त गरेका पूर्व सांसद ढाकाकुमार श्रेष्ठले सभापतिसँग निकट रहेका थापाले मन्त्री बनाउँछु भनेर आफूसँग ३ करोड रुपैयाँ मागेको बताएका थिए । त्यसमा पार्टीले छानबिन थालेको पार्टीका महामन्त्री मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै खुलासा गर्नु भएको हो ।
बिनाआधार, बिनाप्रमाण पार्टीको छविमा आँच पुर्यााउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न रास्वपाले आग्रह पनि गरेको छ ।
‘केन्द्रीय अनुशासन आयोगका प्रमुखसमेतको उपस्थितिमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस विषयमा हिजो छलफल भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ ।’
रास्वपाद्वारा विज्ञप्तिमा भनिएको छ, ‘तथापि राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शून्य सहनशीलताको नीति अनुसरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा. श्रेष्ठ वा जो कोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जो कोही भए पनि प्रमाण पेश भएको ७२ घन्टाभित्र कारवाही गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं । साथै पार्टीप्रतिको जनविश्वास, आस्था र भरोसामा चोट पु¥याउने कुत्सित प्रयत्न कसैबाट नहोस् भनी सचेत समेत गराउन चाहन्छौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।
श्रेष्ठले मेडिकल व्यवसायीसँग दुई करोड रुपैयाँ मागेकोबारे अनुशासन समितिलाई फरक– फरक बयान दिएको रास्वपाले बताएको छ ।
पार्टीको नाम प्रयोग गरेर पैसा मागेको प्रमाण लिएर आए ७२ घण्टाभित्र कारबाही गर्ने रास्वपाले बताएको छ । तर पार्टीप्रति जनविश्वासमा चोट पु¥याउने प्रयत्न नहोस् भनेर समेत सचेत गराएको छ ।
स्मरणीय छ, गत चैतमा रास्वपाका तत्कालीन सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक गरेको थियो । त्यसमाथि छानबिन गरेको रास्वपाले श्रेष्ठले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । त्यही कारबाहीका कारण श्रेष्ठको सांसद पद गएकोथियो ।

प्रकाशित मिति २०८० भाद्र २७, बुधबार १७:३१ गते
हजुरको प्रतिक्रिया